टोकियो । जापानमा पिजडा व्याक अगेन चलचित्र प्रदर्शन हुने भएको छ ।
क्लासिक युथ क्लव जापानले रेड कार्पेट सहितको प्रिमियर शो गर्न लागिएको हो ।
सो प्रिमियर शोका लागि नेपालबाट नायक निखिल उप्रेती, निर्देशक हिमाल केसी र नायिका सञ्चिता लुईटेल जापान आउने निश्चित भएको छ ।
मेगुरो कुमिन सेन्टरमा जनवरी २८ का दिन प्रदर्शन गर्न लागिएको पिजडा व्याक अगेनको सम्पूर्ण तयारी पुरा भएको क्लवका अध्यक्ष विष्णु कार्कीले जानकारी गराएको छ ।