मेस्सीसँग दुरुस्तै अनुहार मिल्ने यी व्यक्ति को हुन् त ? यो पढ्नुहोस्

यो दुनियाँमा कहिलेकाहीं चर्चित व्यक्तिका अनुहारसँग मिल्ने व्यक्ति भेटिन्छन् । त्यसरी भेटिएका व्यक्ति रातारात चर्चित भएका छन् । कति चर्चामै सीमित हुन्छन् भने कति त मालामाल पनि हुन्छन् । उनीहरूले चर्चासँगै पैसा पनि कमाउँछन् ।

यस वर्ष एउटा त्यस्तै विषयले निकै चर्चा पायो । त्यो पनि विश्वविख्यात फुटबलर मेस्सीसँग जोडिएको विषय । अहिले स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीसँग दुरुस्त अनुहार मिल्ने एक व्यक्ति भेटिएका छन्, इरान देशमा ।झन् रोचक कुरा त यो छ कि, ती व्यक्ति परेछन् मेस्सीका बिग फ्यान । ती इरानी फुटबल समर्थकको नाम रिजा पेरेस्टेस हो । उनी यस वर्ष मेस्सी जति चर्चामा रहे, उनी पनि उत्तिकै चर्चामा रहे ।

रिजा इरानमा सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन् । तर, उनको सुपरस्टार अनुहार मेस्सीसँग हुबहु मिल्छ । तब उनी इरानमा मात्रै नभएर संसारभर हिट हुने भइहाले ।
यस वर्ष रिजा विश्वभरिका खेल मिडियाका लागि ठूल्ठूला अक्षरमा समाचारका शीर्षक बनिरहे । अहिले पनि उनको चर्चा उत्तिकै छ ।

इरानको चर्चित पत्रिका ‘मेहर’ले केही समयअगाडि मात्र रिजाको तस्बिर प्रकाशित गरेको थियो, जसमा उनी अर्जेन्टिनी जर्सी पहिरिएर बसेका थिए । त्यो तस्बिर रातारात विश्वभर भाइरल नै बन्यो ।
त्यत्ति मात्रै कहाँ हो र ! अर्जेन्टिनी जर्सीमा रिजा दुरुस्तै मेस्सीजस्तै देखिएका छन् । उनको कपाल, दाह्री पाल्ने स्टाइलदेखि लिएर अनुहारको मोहडा सबै मेस्सीसँग मिल्छ । क्या बात !
पछिल्लो समय रिजासँग सेल्फी खिच्ने, उनीसँग भेट गर्ने र डेटिङ गर्न चाहनेको संख्या बढेको छ । रिजाले इरानी मिडयाहरूसँग यो भनेका छन्, मेस्सी ठानेर उनलाई प्रेम प्रस्ताव युवती दिनहुँ बढिरहेका छन् । युवतीदेखि अन्य व्यक्ति पनि उनीसँग भेट्न र डेटिङ गर्न चाहन्छन् । अक्र उनलाई त विदेशका युवतीबाट प्रेम प्रस्ताव आउन थालेको बताइएको छ । सुरु–सुरुमा रमाइलो लागे पनि अहिले भने आफूलाई हैरान पार्ने गरेको उनले जनाएका छन् ।

आफूलाई फुटबल र त्यसमा मेस्सीको बिग फ्यान बताउने रिजा आफूले फुटबल खेल्नेबारे भने बताएका छैनन् । सन् २०१७ मेस्सीका लागि जति चर्चित रह्यो, उनका डुब्लिकेट रिजाका लागि पनि उत्तिकै चर्चाको विषय रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?