नोकरी छाड्ने भए अपनाउनुहोस् यस्ता शानदार तरिका

बिहिवार एउटा अनौठो घटना भयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट अचानक डिलिट भयो र लगभग ११ मिनेपछि फेरि सुचारु भयो ।ट्रम्पको ट्वीटर एकाउन्ट डिलिट भएलगत्तै सोसल मिडिया निकै हल्लीखल्ली भयो । कसैलाई लाग्यो सायद ट्रम्पको एकाउन्ट ह्याक भयो, कसैका लागि यो मानवीय भूल जस्तो लाग्यो ।

जे होस्, जव यो रहस्यमय घटनाको पर्दा उत्रियो, थाहा भयो कि यो काम ट्वीटरकै एक कर्मचारीबाटै भएकै हो ।
विहिवार ट्वीटरमा काम गर्ने ती कर्मचारीको अन्तिम दिन थियो, नोकरी छाड्ने आफ्नो यो तरिकाले उनले आफुलाई संसारभर समझनयोग्य बनाए ।

नोकरी छाड्नु हाम्रो करियरको एक ठूलो फैसला हुन्छ । कैयौ पटक पुरानो कार्यलयबाट तनाव भएर, तलवबाट असन्तुष्ट भएर वा अन्य स्टाफसँग कुरा नमिलेर नोकरी छाड्ने निर्णय गरिन्छ ।नोकरीका कतिपय यस्ता पनि मौका हुन्छन्, खुसीले नै नोकरी छाडिन्छ, ताकि गरिरहेको भन्दा राम्रो अवसर अनेत्र भेटिन्छ ।जे सुकै भएपनि नोकरी छाड्ने विषयमा आफ्ना हाकिम वा साहुलाई भन्नु निकै गा्रहो काम हुन्छ ।

बीच फ्लाइटमा नोकरी छाडे

सन १०१० मा स्टीवन स्लेटर नामका एक एयर स्टीवर्ड हवाई उडानका बेला आफ्ना यात्रीबाट यति तनाव झेलेको कि, उनले पिर्टसबर्गबाट न्यूयोर्क जाने फ्लाइटमै बिचमा नोकरी छाडे ।फ्लाइटका बेला यात्रीलाई सम्झाए कि, धेरै समान बोकेर यात्रा नगर्नुस्, तर कतिपय यात्रुले उनको भनाई नजरअन्दाज गरे ।

त्यसपछि स्टीवनले फ्लाइटमै इन्टरकमबो माध्यमबाट घोषणा गरे, ‘उनी सवैलाई धेरै धेरै धन्यावाद, जसले मलाई पछिल्लो २० बर्षसम्म साथ दिए ।’स्टीवनले वियर उठाए र नोकरीलाई गुडवाई भने । तर, पछि यसरी नोकरी छाडेको भनेर उनले आफ्नो कम्पनीलाई १० हजार डलरको जरिवाना तिर्नुपर्यो ।

केकमा लेखियो नोकरी छाडेको सन्देश

यो सन २०१३ को कुरा हो, क्रिस डोल्मस विमानस्थलको सीमावलका काम गर्दथे । नोकरी बदल्ने निर्णयाको सन्देश उनले केकमा लेखेर उपहार दिए ।जव उनी केक बनाउने विजनेशमा आए, चार बर्षपछि उनी अहिले आफ्नो नोकरी छाडने निर्णयप्रति खुसी छन् ।उनी भन्छन्, ‘म आफ्नो पुरानो नोकरीबाट धेरै तनावमा थिए र जीवनमा केही नयाँ गर्न चाहन्थे । यसैले मैले नोकरी छाडेर कके बनाउने विजेनस शुरु गरे ।’

नाचेको भिडियो हालेर छाडिन् नोकरी

मारिया शिफरिन ताइवानमा एक एनिमेटरको नोकरी गर्थिन । उनले नोकरी छाडेको सूचना यूट्यूवमा आफ्ना नाचेको भिडियो राखेर गरिन् । त्यस भिडियोमा उनी खाली अफिसमा नाचेकी थिइन् ।उनले भिडियोको साथ लेखेकी थिइन्, ‘मेरा साहुका लागि यो डान्स ।’ उनको भनाइ थियो कि, ‘मेरो साहु भिडियोमा कति दर्शक आए, यसको चिन्ता लिन्थे । यसैले मैले नोकरी छाडने निर्णयमा आफ्नै भिडियो बनाउने सोचेँ ।’
उनको भिडियो करीव दुई करोडले हेरे । त्यसको बदलामा कम्पनीले उनको नाममा एक भिडियो बनाएर यूट्यूवमा हाले ।

बैन्डबाजाका साथ साहुलाई राजीनामा

रोक आइलैन्डमा एक होटलका कर्मचारलिे सन २०११ मा जव नोकर िछाडने निर्णय लिए, उनी पुरै बैन्डबाजाका साथ कार्यलय आए र साहुलाई राजीनामा दिए ।जाय डी फ्रान्सेसको गतिविधिलाइए भिडियो बनाइयो र अनलाइन पोष्ट गरे । केही छिनमै भाइरल बन्यो ।
जायले भने, ‘कर्मचारी र व्यवस्थापनको बीचमा लामो समयदेखि यूनियनको सदस्यताका विषयमा विवाद थियो । यसैले हामीले लामो समयदेखि यसरी नोकरी छाडने विचार गरेका थियौँ ।’उनको भिडियो करिव ६० लाख मानिसले हेरे । जाज आज नयाँ ठाँउमा काम गर्छन र गित गाउँछन् ।

आफैको नग्न कार्टुन बनाए

अस्टेलियाको एक पत्रिकामा नोकरी गर्ने ल्यूक बैन्जलाई जव थाहा भयो कि उनको ठाँउमा अर्को व्यक्तिलाई नोकरीमा राखिदैछ, उनले बढो गजवको उपाय निकाले ।पत्रिकाका साथ अन्तिम अंक उनले नियन्त्रणमा लिए । त्यहाँ लागेका तस्वीर बदले र अश्लील बनाइदिए । पत्रिकाको फ्रन्ट पेजमा उनले आफ्नो नग्न कार्टुन बनाएर राखे ।अस्टे«लियाका मिडियाका अनुसार जव तक प्रकाशकले यसवारेमा थाहा भयो, त्यतिबेलासम्म मेलवर्नमा पत्रिकाको ३५ हजार प्रति विक्री भैसकेको थियो । पछि पत्रिकाले आफ्ना पाठकसँग माफी माग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?