मन परेका केटालाई सजिलै पट्याउने तरिका यस्तो छ

कुनै केटा मन परेको छ र उसँग नजिकिन सकिरहनु भएको छैन ? यदि यस्तो संकट सामना गरिहनु भएको छ भने चिन्ता नलिनिुस्,तपाईलाई मन परेको केटा केही उपाय प्रयोग गरेर लाइनमा आउन सक्छन्, तपाईलाई मन परेका केटा तपाईको माया जालमा छिट्टै पर्न सक्छन् । तर त्यसका लागि तपाईले केही कुरामा विशेष चनाखो भने हुनैपर्छ :

ड्रेसअपमा ध्यान दिनुहोस् : मानिसलाई आकर्षण गर्ने अर्को तरिका भने लवाई वा ड्रसअप नै हो । लवाइले मानिसमा थप आकर्षक बनाउन सहयोग पुर्याउने भएकाले आफ्नो लवाईमा सधै सचेत हुनुहोस् । तर तपाईले आफ्ना लवाईमा भने यो विचार पुर्याउनुहोस् कि उसले कस्तो कपडा लगाउँदा तपाईप्रति उ आकर्षित हुन्छ । तर धेरै भद्दा र खुलेको कपडा भने नलगाउनुहोस् किनकी त्यस्ता कपडा लगाउनेप्रतिको केटाहरुको दृष्टिकोण निकै नै नकारात्मक हुन्छ ।

बोलीमा मिठासपन देखाउनुहोस् : मन परेको केटाको छेउछाउ भएको बेला आफ्नो बोलीमा मा ध्यान दिनुहोस् । मिठो र मसिनो स्वर बोलेर केटालाई आकर्षित गर्ने, बोल्दा प्रयोग हुने शब्द र उच्चारणमा पनि सतर्कता अपनाउनुहोस् ताकि तपाईको जालबाट उ उम्किन नसकोस् ।

केटाको हेरचाह गर्नुहोस् : केटासँग नजिकिने अर्को सजिलो तरिका हो,उसलाई लगातार हेरचाह गरिहनु ।त्यसैले उ सलाई कुनै समस्या पर्दा,उ अनुपस्थित हुँदा या विरामी पर्दा उसँग यसबारे बुझ्नुहोस । जसले तपाई र उबीचको भावनात्मक सम्बन्ध थप झागिएर जान्छ ।

समस्यामा सहयोग गर्न नहिच्किचाउनुस् : कुनै पनि मानिससँग सम्बन्ध निर्माण गर्नका लागि उसको विपत्तिको या दुःखको घडी निकै नै फलदायी मानिन्छ । यो तथ्य बुझेका धेरै मान्छेहरु मन परेका मान्छेहरुसँग सम्बन्ध निर्माण गर्न चुक्दैनन्,त्यसको उपयोग गर्छन् र सम्बन्ध बनाउँछन् । त्यसैले तपाई पनि आफुलाई मन परेको केटा साथीलाई परेको समस्यामा सहयोगीको भुमिकामा देखिनुहोस्,जसले तपाईको चाहना भरथेग गर्न मद्दत पुग्नेछ ।

नजिक हुने प्रयास गर्नुस् :तपाईलाई कुनै केटा असाध्यै मन परेको छ या तपाई उसलाई भित्रभित्रै दिलमा सजाइसक्नु भएर पनि उसको ध्यान तान्न सकिरहनु भएको छैन भने सुरुमा तपाईले केही सजगता जरुर अपनाउनु पर्ने हुन्छ । त्यसका लागि तपाईले पहिले त उसँग नजिक हुने प्रयास गर्नु पर्छ । उसका साथीहरुसँग नजिकिँदै उसँग नजिक हुने उपाय तपाईका लागि सबैभन्दा लाभदायक हुन सक्छ । उसँग उसका साथीमार्फत नजिकिनुस् र उसका आनीबानी थाहा पाउने प्रयास गर्नुस् ताकि उसका मन पर्ने र नपर्ने आनीबानीहरु तपाईले थाहा पाउन सक्नुहोस् । उसका आनीबानी थाहा पाइसकेपछि तपाईले यस्तो व्यहार मात्र उसका अगाडि देखाउनुहोस्,जुन उसले मन पराउँछ ।

ग्रिन सिंग्नल दिनुहोस् : तपाईलाई मन परेको कुनै केटाको आनीबानी बुझिसक्नु भएको छ भने अब तपाइको काम भनेको उसलाई लाइन मार्नतिर केन्द्रीत हुनुपर्छ । त्यसैले अब ढिलानगर्नुहोस् तर पहिले उ तपाईप्रति सकारात्मक छ कि छैन भन्ने कुरा भने पहिल्याउनुस् । तर याद गर्नुहोस्,लाइन मार्दा सामान्य मर्यादा र अनुशासन भने ख्याल गर्नुहोस् । केटाहरु उपयोगितावादी हुने भएकाले तपाईको पर्फमेन्सबाट उनीहरुले तपाईसँगको सम्बन्ध निर्धारण गर्ने गर्छन् । त्यसैले तपाईले सधै उसँग श्लिल,विनम्र र मर्यादित ढंगले सम्बन्ध बढाउनुस् ताकि उसले तपाईलाई लामो समयसम्मकै लागि सोचेर सम्बन्ध बढाओस् ।

लजाउनुहोस् : लाजलाई केटीहरुको गहनाको रुपमा हेरिन्छ । जतिसुकै सभ्य र आधुनिक युगमा प्रबेश गरे पनि पुर्विय समाजका केटीहरु छाडा भएको कसैले पनि मन पराउँदैनन् । त्यसैले केटीहरुले सधैभरि यसमा ध्यान दिएर आफुलाई लाइन मार्ने कार्यमा क्रियाशिल गराउनु राम्रो हुन्छ । त्यसैले कुनै केटाको ध्यान आफुतिर तान्न चाहानुहुन्छ भने सबैभन्दा पहिले हेराइमा ध्यान दिनुहोस् । उसलाई बारबार लजाएर हेर्नुहोस् ।उसले तपाईको हेराईबाटै थाहा पाओस् कि तपाई उसलाई चाहिरहनु भएको छ । तर हेर्दा यसरी हेर्नुस् कि केटाको मनमा पनि तपाई प्रति कौतुहुलता जागेर आसोस् । पट्क–पट्क हेर्ने र हल्का लजाएजस्तो गर्न भने नभुल्नुस् । स्रोत: एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?