निर्वाचन आयोगले राष्ट्रपतिलाई भन्योः निर्वाचन प्रणाली घोषणा गर्न कानुनी अड्चन छ

२० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिएकी छन् ।

साथै जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मतपरिणाम संविधान र प्रचलित कानूनको मर्म र भावना अनुसार समयमै सम्बन्धित निकायमा पेश गर्नु उपयुक्त हुने सुझाव दिएकी छन् ।

उनले प्रदेश प्रमुखको नियुक्ति नभएको अवस्थामा शपथ ग्रहण गराउने सम्बन्धमा पनि जिज्ञासा राखेकी छन् ।

भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने प्रदेशसभाको समानुपातिकतर्फ विजयी सदस्यहरुको सूची संशोधनका लागि दलहरुलाई समय दिइएको बताए ।

साथै प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या तोकी दलहरूलाई पत्राचार गर्न आयोगलाई संवैधानिक एवं कानुनी अड्चन देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?