फुटबलर स्टार लियोनल मेस्सीका छोराले फुटबल मन पराउँदैनन्

अर्जेन्टिनी फुटबलर स्टार लियोनल मेस्सीका छोराले फुटबल मन पराउँदैनन् भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । मेस्सीले आफ्नो छोरा थियगोको फुटबलसँग प्रेम नरहेको बताएका छन् । लुइस सुआरेजका छोराले मन पराउने भएकाले मात्रै थियगो बार्सिलोनामा जाने गरेको उनको भनाई छ ।

थियगो अहिले चार वर्षका मात्र भएका छन् । भविष्यमा उनले बाबुकै पदचिन्ह पछ्याउने आम विश्लेषण गरिन्छ । तर उनको प्रारम्भिक लक्षण भने त्यस्तो छैन ।

उरुग्वेको एउटा टेलिभिजनलाई अन्तरवार्ता दिँदै मेस्सीले भने, ‘वास्तवमा उसलाई फुटबल कत्ति पनि मन पर्दैन । उ नोउ क्याम्पमा जान्छ तर बेन्जामिन (लुइस सुआरेजका छोरा)र अन्य साथीहरुलाई भेट्नका लागि । दिनभरी फुटबलसँग व्यस्त रहने बेन्जामिन जस्तो थियगो छैन ।’

थियगो र उनका १ वर्ष कान्छो भाई माटेओ धेरैपटक म्याचपछि बाबुको हात समातेर मैदानमा हिँडिरहेको देखिएका छन् । अथवा उनीहरु आमा एन्टोनेल्ला रोक्कुज्जोसित स्ट्याण्डमा हुन्छन् ।

सो अन्तरवार्तामा मेस्सीले आफ्नो एउटा अनौठो बानीको खुलासा गरे । उनले बाथरुममा सँधै बसेर पिशाब फेर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?