यसकारण हुन् मेस्सी ८६ वर्ष यताकै उत्कृष्ट खेलाडी, रोनाल्डो कतिमा?

स्पेनिस लिग फुटबलको इतिहासमा लिओनल मेस्सी सवोत्कृष्ट खेलाडी रहेको एक अनुसन्धानले निकालेको तथ्याङ्कले देखाएको छ। पछिल्ला ८६ सिजनको अनुसन्धानका क्रममा बार्सिलोनाका फरवार्ड मेस्सीलार्इ लालिगाकाे सर्वोत्कृष्ट खेलाडीका रुपमा देखाइएको हो।

स्पेनिस फुटबलको इतिहास र तथ्य विषयमा गरिएको अनुसन्धानले मेस्सीलाई ८६ वर्ष यताकै उत्कृष्ट खेलाडी भएको तथ्य सार्वजनिक गरेको हो।

सोही अध्ययनले पूर्व रियल मड्रिडका आइकन खेलाडी राउललाई दोस्रो उत्कृष्ट खेलाडीको सुचीमा राखेको छ। त्यसपश्चात सिजर रोड्रिगेज, टिल्मो जर्र्रा र एनरिक कास्ट्रो क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।

अनुसन्धानकर्ता जोसे आन्टोनियो ओर्टेगाले विभिन्न क्षेत्रहरुको अध्ययन गर्दै यो तथ्यांक सार्वजनिक गरेको बताएका छन्। जसमा एउटा सिजनमा कति मिनेट खेले? कति गोल प्रहार गरे? कति रातो कार्ड पाए? कति पनाल्टी प्रहार गरे? आदि विषयहरुलाई आधार मानेर अनुसन्धान गरिएको उनले बताए।

सन् १९२९ देखि लालिगा सुरु भएको थियो। त्यसयता ९ हजार २ सय ८० खेलाडीहरुले आफ्नो प्रभाव जमाएका छन्। जसमा ८ सय ५४ गोल किपर मात्रै रहेको अनुसन्धानमा उल्लेख छ।
अनुसन्धान गरिएका केही सिजनहरुमा मेस्सीको प्रदर्शन सर्बाेत्कृष्ट रह्यो। त्यसमा तीन सय बढी गोल गर्ने मेस्सी एकमात्रै खेलाडी हुन्। हाल मेस्सीको गोलसंख्या ३ सय ४९ छ।
अनुसन्धानमा मेस्सीको उत्कृष्ट सिजनका रुपमा सन् २०११–१२ को सिजनलाई उल्लेख गरिएको छ। उक्त सिजनमा मेस्सीले ५० गोल गरेका थिए। जसमा आठवटा ह्याट्रिक समावेश छन्।

सन् २००४ मा बार्सिलोनामा डेब्यु गरेदेखि मेस्सीले प्रत्येक सिजनको लालिगामा केही न केही रेकर्ड तोडेको रिपोर्टमा उल्लेछ छ। लालिगाका ३८२ खेलमा मेस्सीले ३४९ गोल गरेपछि ८६ सिजन यताकै उत्कृष्ट ठहरिएका हुन्।

अनुसन्धानमा आर्टेगाले उल्लेख गरेका छन्ः ‘मेस्सीले उत्कृष्ट खेलाडी हुनुपछाडीका कारणहरुमा उनको खेल्ने तरिका, ट्यालेन्ट, तथा उनको क्षमता मुख्य कारण हुन्। जसले उनलाई ८६ सिजन यताकै उत्कृष्ट खेलाडी बनाएको छ।’

Lionel-Messi

अन्तिम सुचीका अनुसार क्रिस्टियानो रोनाल्डो १७ औ नम्बरमा परेका छन्। उनले ४ सय १५ अंक पाएको अनुसन्धानमा उल्लेख छ। लालिगाको इतिहासमा रोनाल्डो दोस्रो उच्च गोलकर्ता हुन्। उनले लालिगामा २ सय ८५ गोल गरेका छन्।
बार्सिलोनाका अन्य खेलाडीहरु जाभी ४९ औ, कुबाला ९० औं, पायोल १९५ औं, इनिस्टा २२९ औ र रोभाल्डो २९० औ स्थानमा परेका छन्।

अनुसन्धानकर्ता आर्टेगाका अनुसार उत्कृष्ट खेलाडी गर्ने क्रममा मेस्सीले ५ सय ४५ अंक प्राप्त गरेका छन्। दोस्रोमा रहेका राउलले ५२८, सिजरले ५२४, जाराले ४३९ र क्वीनिले ४८८ अंक प्राप्त गरेका छन्।

छैठौ देखि दशौं स्थानसम्म क्रमशः जाउन आर्जा (४८१), अल्फार्डो डि स्टफिनो (४८१), पाको जिन्टो (४६७), कार्लोस अलोन्सो (४६४) र गुलिर्मो गोरिस्टिजाले ४५४ अंक प्राप्त गरेका छन्।

त्यस्तै, एथ्लेटिकोका आरिटाज् आदुरिज सवै खेलाडीको सुचीको ६७ औ स्थानमा छन्। उनले ३१४ अंक पाएका छन्। लालिगामा उनले १४६ गोल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?