मेस्सी र रोनाल्डोमध्ये कसको कमाई कति ? जान्नको लागि यो पढ्नुहोस्

केहि दिनअघिमात्र करिअरकै सबैभन्दा ठूलो ट्रफी उचालेका पोर्चुगल तथा रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पुनः एकपटक आफ्ना चीर प्रतिद्धन्दी बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीलाई बार्षिक आम्दानीमा पछि पारेका छन् ।

रोनाल्डोले २०१६ को जुन देखि २०१७ को जुन सम्म तलव र प्रायोजनबाट ६९.८ मिलियन पाउण्ड आम्दानी गरेको अमेरिकी पत्रिका फोर्व्सको पछिल्लो तथ्याङ्कले जनाएको छ ।

जहाँ यही अवधिमा बार्सिलोनाका चीर प्रतिद्धन्दी मेस्सीले भने रोनाल्डोले भन्दा ५ मिलियन कम अर्थात ६४.८ मिलियन पाउण्ड आम्दानी गरेका छन् ।

फोर्व्सको तथ्याङ्क अनुसार रोनाल्डोले रियलको पारिश्रमिक र बोनसबाट ३७.९ पाउण्ड र नाइक, ट्याग हेउर र साकूर ब्रदर शुटसँगको प्रायोजन सम्झौताबाट २८.९ मिलियन पाउण्ड आम्दानी गरेका हुन् ।

यता मेस्सीले भने बार्सिलोनाबाट पारिश्रमिक र बोनसबाट ४०.५ मिलियन पाउण्ड र विश्वविख्यात स्पोर्टस् वयेर कम्पनी एडिडाससँगको प्रायोजन सम्झौताबाट २१.२ मिलियन पाउण्ड पाएका छन् ।

मेस्सी

बर्षको सर्वाधिक आम्दानी गर्ने मामलामा रोनाल्डोले मेस्सीलाई लगातार तेस्रो पटक पछि पार्दै हृयाटि्रक पूरा गरेका हुन् ।

पोर्चुगिज टोलीका कप्तान रोनाल्डाले यस सिजन युरोपियन च्याम्पियन्स लिग र युरो २०१६ को उपाधि जितेपछि फिफा बेलोन डि’ओरका लागि पनि बलियो हकदार बनेका छन् ।

फोर्व्सले सार्वजनिक गरेको तथ्याङ्कमा यो बर्ष धेरै कमाउने स्पोर्टस् पर्सनको सूचीको तेस्रो नम्बरमा एनविए स्टार लेब्रोन जेम्स छन् । उनले यो अवधिमा ५८.४ मिलियन पाउण्ड आम्दानी गरेका छन् ।

फोर्व्सको सूचीको पाँचौं नम्बरमा रोजर फेडेरर छन् । उनले ५१.६ मिलियन पाउण्ड आम्दानी गरेका छन् । समान ४२.५ मिलियन पाउण्ड कमाएर बास्केटबल स्टार केभिन डुरान्ट र विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच छैटौं स्थानमा छन् । २७.४ कुल आम्दानी गरेका रियल मड्रिडका वेल्स सुपरस्टार ग्यारेथ बेल सूचीको २४औं स्थानमा छन् । जव उनी ८६ मिलियनको कीर्तिमान रकममा सन् २०१३ कम रियलमा अनुबन्ध भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?