मात्र तीन सेकेन्डमा फिल्म डाउनलोड हुने वाइफाईको

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले मात्र तीन सेकेन्डमा फिल्म डाउनलोड हुने वाइफाईको विकास गरेको दाबी गरेको छ ।

स्मार्ट मोबाइलमा केही सेकेन्डमै फिल्म डाउनलोड हुने यो प्रविधि प्रयोग गरी आफ्नै अगाडि डाउनलोड हुन लागेको फिल्मलाई टेलिभिजनमा पनि त्यही समयमा एकसाथ हेर्न सकिन्छ ।

यो प्रविधि आउँदो वर्षदेखि प्रयोगमा ल्याइने बताइएको छ । सामसुङले वर्तमान वाइफाई प्रविधिको सट्टा पाँच गुना बढी तीव्र गतिमा डाटा प्रवाह गराउने ६० गिगाहर्ज टेक्नोलोजीयुक्त वाइफाई सिस्टमको विकास गरेको बताएको हो । यो प्रविधियुक्त राउटर प्रयोग गरी प्रतिसेकेन्ड ७७५ डाटा वा एक जीबीको ‘एचडी’ भिडियो तीन सेकेन्डमा डाउनलोड गर्न सकिन्छ ।

सामसुङले यो प्रविधिको व्यवसायिक प्रयोग श्रव्यदृश्य प्रणाली, मोबाइल र औषधी–उपकरणमा गर्ने भएको छ । यस्तै दूर नियन्त्रण प्रणालीबाट हेरचाह र नियन्त्रण गर्न सकिने स्मार्टहोमहरूमा पनि यो प्रविधिका प्रयोग हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?