चर्चित ५ नेपाली नायिका, जस्को पहिलो पारिश्रमिक कति ?

नेपाली चलचित्रको पछिल्लो परिवेशलाई नियाल्ने हो भने हरेक फिल्मबाट एक न एक नायक तथा नायिकाको डेब्यु हुने गरेको छ । बिगतका बर्ष भन्दा अहिले हरेक पक्षबाट उत्कृष्ट चलचित्र निर्माणमा लागिपरेका छन चलचित्रकर्मीहरु । यसले गर्दा सिनेमा प्रेमी दर्शकहरुले पनि नेपाली फिल्मलाई सकारात्मक सोच्दै हलसम्म पुग्ने गरेको यथार्थ सबैसामु छर्लङ्ग छ । आज यहाँ चर्चित ५ नायिकाको पहिलो पारिश्रमिकलाई हामिले प्रस्तुत गरेका छौ ।

प्रीयंका कार्कि: मल्टिट्यालेण्ट अभिनेत्रीको रुपमा चिनिएकी प्रीयंका कार्की यतिबेला ब्यस्त नायिका भित्रै पर्छिन । कहिले चलचित्र सुटिङ, कहिले चलचित्र प्रोमोसन त कहिले म्युजिक भिडियो सुटिङ देखि देश बिदेशका कार्यक्रमहरुमा समेत सहभागी हुन भ्याउछिन उनि । आफ्नो पहिलो चलचित्रबाट १ लाख २० हजार पारिश्रमिक लिएकि उनले अहिले एउटा म्युजिक भिडियो गरे बापत मात्रै ५० हजार लिन्छिन । उनको फिल्म ‘ह्याप्पी डेज’ सम्मको पारिश्रमिकलाई हेर्ने हो भने सो चलचित्रमा उनले ४ लाख लिएकी छिन ।

रेखा थापा: त्यस्तै प्रदर्शनरत चलचित्र ‘रुद्रप्रीया’ की नायिका रेखा थापा ले आफ्नो पहिलो चलचित्र ‘हिरो’ बाट निर्माता छबिराज ओझाबाट २१ हजार पारिश्रमिक लिएकी थिइन । फिल्ममा उनी भए पछि हिरोको आवस्यक नपर्ने भनेर पनि चर्चा थियो भने ८ बर्षको बोलचाल बन्द पछि आफैले डेब्यु गराएकि नायक आर्यन संग रुद्रप्रीया मा जोडि बाधिइन तर पुनरागमन भएको उनिहरुको जोडिले खासै उपलब्धि देखाउन सकेन । अहिले रेखा चलचित्र अभिनय, निर्माण संगै राजनितीमा पनि सक्रिय छिन ।

साम्राज्ञि राज्यलक्ष्मी साह: यता पहिलो चलचित्रबाटै अभिनयमा तारिफै तारिफ बटुलेकी नायिका हुन साम्राज्ञि राज्यलक्ष्मी साह । ‘ड्रीम्स’ चलचित्रबाट फिल्म यात्रा सुरु गरेकी उनलाई पनि हरेक फिल्ममा पारिश्रमिक बढाईरहने नायिका भित्र पर्छिन । उनको डेब्यु फिल्म ‘ड्रिम्स’ निर्माता भुवन केसीले १ लाख पारिश्रमिक दिएका थिए । उनी अभिनित फिल्मले ब्यापारिक सफलता पाईरहेको छ भने अभिनयमा अब्बल ठहरिदै गएकी छिन । पछिल्लो समय नेपालि फिल्ममा सर्बाधिक पारिश्रमिक लिने नायिका भित्र पनि पर्छिन ।

केकि अधिकारी: यस्तै नायिका केकि अधिकारी अहिले फिल्म निर्माण पट्टी पनि सामेल भएकी छिन । यसो त उनले अभिनयलाई फुलस्टप लगाएकी भने हैन । फिल्म निर्माण संगै अभिनयलाई पनि अगाडि बढाउने लक्ष उनको रहेको छ । उनले आफ्नो पहिलो चलचित्र ‘स्वर’ बाट १ लाख पाएकी बताउछिन । उनी अभिनित चलचित्र ऎश्वर्य अहिले प्रदर्शनरत छ भने यसबाट पनि उनले राम्रै पारिश्रमिक लिएकी थिइन ।

नम्रता श्रेष्ठ: यस्तै नम्रता श्रेष्ठ पनि अभिनयमा अब्बल नायिकाको रुपमा चिनिएकि छिन । यसको गतिलो प्रमाण हो ‘क्लासिक’ । यो फिल्मबाट उनले अभिनयमा निकै राम्रो तारिफ बटुलिन । केही बर्ष अगाडि ‘यौन काण्ड’ मा मुछिएर फिल्म बिहिन बनेकी नम्रता आफ्नो बिगतलाई भुलाउन पुनः फिल्म अभिनयमा सक्रिय छिन । पछिल्ला फिल्महरुले उनको बिगत भुलाएर जिवनको नयाँ अध्याय सुरु भएको देख्न सकिन्छ । नम्रताले आफ्नो पहिलो डेब्यु चलचित्र ‘सानो संसार’ बाट १ लाखभन्दा माथि पारिश्रमिक लिएकी थिइन भने पछिल्ला फिल्महरुमा पनि महँगो पारिश्रमिक सहित अभिनय गर्छिन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?