जाइकाद्वारा प्रहरी भवन हस्तान्तरण

काठमाण्डौ । गोरखाको पालुङटारमा जापानी सहयोग नियोग जाइकाले निर्माण गरेको प्रहरी भवन पालुङ्गटार क्षेत्र प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ ।

भूकम्पपछि पुनर्स्थापना तथा पुनर्निर्माण परियोजना अन्तर्गत नै सो भवन बनाई हस्तान्तरण गरेको जाइकाले जनाएको छ ।

प्रहरी कार्यलयको पूरानो भवन वैशाख २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो । नवनिर्मित ३ भवनहरु अपांग मैत्री र भूकम्प प्रतिरोधात्मक रहेका छन् ।

ती भवनमा बन्दीको लागि कोठा सहित महिला पुरुषको लागि ब्यारेक, सभा हल भान्सा लगायतको पनि व्यवस्था मिलाइएको छ । सन् २०१६ बाट बनाउन सुरु गरिएका भवन जाइकाको ८ औं परियोजना अन्तर्गत बनाइएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?