यस्तो छ रहस्य ४५ वर्षसम्म पनि मानिस चन्द्रमा नजानुको कारण

चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानिस निल आर्मस्ट्रङ्ग हो भन्ने कुरा त प्रायजसो सबैलाई थाहा नै छन् । उनि सन् १९६२ को जुलाई २१ मा चन्द्रमामा पाइला टेकेर इतिहास रचेका थिए । आर्मस्ट्रङ्ग पछि पाँचजना अरु अमेरिकी अन्तरीक्षयात्रीहरु चन्द्रमामा पुगिसकेका छन् ।

पछिल्लोपटक सन् १९७२ मा युजिन सेरनन चन्द्रमामा पुगेका थिए । युजिन पछि चन्द्रमामा कोहीपनि गएको छैन । पछिल्लो ४५ वर्षमा मानिसहरु चन्द्रमामा गएका छैनन् । चन्द्रमामा पछिल्लोपटक मानिसले पाइला टेकेको झण्डै आधा सताब्दी पुग्नैलाग्दा अमेरिकाले पुनः चन्द्रमामा मानिस पठाउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमामा मानिस पठाउने अन्तरीक्ष मिसन सुरु गर्ने आदेशमा सोमबार हस्ताक्षर गरेका छन् । वास्तवमा चन्द्रमामा कुनै मानिसलाई पठाउने कुरा निकै महंगो योजना हो । अमेरिकाको लस एन्जल्सस्थित क्यालिफोर्निया विश्वविद्यालयको खगोल विज्ञानका प्राध्यापक माइकल रिचका अनुसार चन्द्रमामा मानिस पठाउँदा निकै धेरै खर्च र वैज्ञानिक फाइदा चाहीँ कम प्राप्तभएको थियो ।

वैज्ञानिकहरुका अनुसार चन्द्र मिसनमा वैज्ञानिक रुचीभन्दा धेरै राजनीतिक कारण थियो । अन्तरीक्ष नियन्त्रणको होडमा यसो गरिएको थियो । सन् २००४ मा अमेरिकाका तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले ट्रम्पले नै जस्तै गरी चन्द्रमामा मानवयान पठाउने मिसनको प्रस्ताव गरेका थिए । अमेरिकी डलरको विशाल बजेटका कारण चन्द्रमामा मानिस पठाउने परियोजना त्यसै तुहियो ।

ट्रम्पले आदेश दिएतापनि यसपटक पनि चन्द्रमामा मानवयान पठाउने योजनाले यसैगरी हावा खाने डरले वैज्ञानिकहरुलाई सताइरहेको छ । किनकी ट्रम्पले आदेशमा हस्ताक्षर गर्नुअघि सिनेटसँग परामर्शसम्म गरेनन् । माइकल रिच भन्छन्, ‘यस्ता मिसनको वैज्ञानिक फाइदा कम छ, त्यसैकारण यसको खर्चिलो बजेटका लागि कंग्रेसको मन्जुरी हासिल गर्नु एक कठीन काम हो ।’

एक अर्को कारण यो छ की नासा वर्षौँदेखि अर्को अहम परियोजना पूरा गर्नमा लागिरहेको छ । पछिल्ला वर्षहरुमा नासले केही नयाँ उपग्रहहरु, बृहस्पती ग्रहको खोजका साथै अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनको कक्षमा स्याटेलाइट लञ्च गर्नुका साथै अन्य आकाशगंगाहरु तथा ग्रहहरुमाथि शोध गरिरहेको छ ।

नाशाले वर्षौँदेखि चन्द्रमामा पुनः मानव यान पठाउने पक्षमा वकालत गरिरहेको छ । यसमा अझैपनि विभिन्न वैज्ञानिक फाइदा रहेको नासाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?