सलमान खान तीन दिनकाे लागि नेपाल आउने पक्का, यस्तो छ तालिका

बलिउड अभिनेता सलमान खान नेपाल आउने पक्का भएको छ । सलमान २३ वर्षपछि फागुन २५ (मार्च ९)मा नेपाल आउने भएका हुन् ।
ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रम ‘दबंग द टुर’का लागी सलमान तीन दिन सम्म नेपालमा हुने छन् ।

सलमान मार्च ९ मा बिहान काठमाडौँ क्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गनेृ छन् ।
बुझिए अनुसार उनीसँगै कार्यक्रममा बलिउडका नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी हुनेछन्।

कार्यक्रम १० मार्च (फागुन २६) गते काठमाडौँको टुँडिखेलमा हुने छ । कार्यक्रम चलाउने जिम्मा बलिउडमा मनिष बहललाई दिइएको आयोजकले जानकारी दिए ।
मार्च १० मा कार्यक्रमको लागी १२ बजेबाट नै गेट खुल्ला गरिने बताइएको छ । सलमान साढे ६ बजे स्टेजमा देखा पर्ने छन् । उनले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाए ।
टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुनेछ। सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?