'क्याप्टेन'मा यी हुन अनमोलकी नयाँ हिरोइन !

नायक अनमोल कसी अभिनित नयाँ चलचित्र ‘क्याप्टेन’मा नायिका फाइनल भएको छ ।
दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रमा अनमोलसँग नव नायिका उपासना सिंह ठकुरीले रोमान्स गर्ने भएका छन् ।

निर्माण पक्षले विकास बोर्डमा अनमोल र उपासनाको नाम राख्दै चलचित्र दर्ता गरेको छ ।
अनमोलको होम प्रोडक्सन सुपर काजोल फिल्म्सबाट अभिनेता भुवन केसीले निर्माण गर्न लागेको चलचित्रमा अनमोल फुटबल प्लेयरको भूमिका देखिन्दै छन् ।

सामिप्यराज तिमल्सिनाको लेखन रहेको चलचित्रको छायाङ्कन फागुनको तेस्रो साताबाट हुने चर्चा छ । अनमोल अभिनित चलचित्र ‘कृ’ माघको २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?