मेसी र रोनाल्डोको महाभिडन्त हुँदै

रियल म्याड्रिड र बार्सिलोनाबीच शनिबार साँझ स्पेनिस ला लिगाअन्तर्गत प्रतिस्पर्धा हुँदैछ। रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा शनिबार पौने ६ बजे प्रतिस्पर्धा हुने भएको हो।

दुवै टिममा रहेका विश्वकै उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा भएकाले चर्च धेरै रहेको छ । खेललाई रियलका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीको भिडन्तको हुने छ ।

 

मेसीले रियलविरुद्ध ३६ खेलमा १६ खेल जितेका छन् भने ८ खेल बराबरीमा सकिएका छन् । रोनाल्डो बार्सिलोनाविरुद्ध २८ खेल खेलेका छन्। २८ मध्ये रियलले १३ खेलमा हारेको छ। ८ खेलमा जित हात पारेको छ भने ६ खेलमा बराबरीमा रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?