नागोयामा म्युजिकल नाईट कार्यक्रम हुदैँ

नागोया । अग्रेजी नयाँ वर्ष २०१८ मा नागोया ब्रोदर्सको आयोजनामा आउदो जनवरी ६ तारिखका दिन नागोया शहरको नागोया इन्टरनेसनल सेन्टरको हलमा गर्न लागिएको म्युजिकल नाइट कार्यक्रमको लागि चर्चित गायक सुगम पोखरेल, अहिलेकी चर्चित नायिका नम्रता सापकोटा, कभर गायक भनेर चिनिने अहिलेका चर्चित गायक प्रयत्न श्रेष्ठको साथमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का जापान आउने भएका छन ।

हाल नागोयामा कार्यक्रमको मिति तय भैसकेको र अन्य शहरमा पनि कार्यक्रमको तयारी भैरहेको आयोजक समितिका संयोजक तथा नागोया ब्रोदर्सका अध्यक्ष नवराज थापाले जानकारी दिए ।

पोखरा ग्रुप कम्पनीको मुख्य प्रयोजन रहेको उक्त कार्यक्रमलाई बिजी बी ग्रुप, नेपाल स्टेशन, समिका ग्रुप, सन्लाइट रेस्टुरेन्ट, ब्रास्टेल रेमिटको प्रयोजन रहेको छ ।

नागोयामा खोलिएको सम्पूर्ण सामाजिक संघ संस्थाहरुको सहकार्य रहेको कार्यक्रमको प्रवेश शुल्क साधारण ३००० एन र भीआइपी ५००० एन राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?