तालमुनि भेटियो ३ हजार वर्ष पूरानो महल

टर्कीको सबैभन्दा ठूलो तालको पिँधमा झण्डै ३ हजार वर्ष पूरानो मानिएको फलाम युगको एक पुरातात्विक महल फेला परेको छ ।

टर्कीको सुदुरपूर्वमा रहेको लेक भान नामक प्राकृतिक तालमा पुरातत्वविदहरुले हालै फलामे युगको मानिएको महल फेला पारेका हुन् ।

स्थनीय बासिन्दाहरुले सयौँ वर्षदेखि उक्त तालमुनि घरहरुको भग्नावशेष रहेको बताउँदै आएका थिए । सोही आधारमा शोधकर्ताहरुले उक्त तालमा गोताखोरहरुको सहयोगमा अनुसन्धान गरेका हुन् ।

तालको पिँधमा झण्डै एक किलोमिटर स्मारकको क्षेत्रफल फैलिएको र प्रष्ट देखिएको पर्खाल १० देखि १३ फिटसम्म अग्लो रहेको शोधकर्ताहरुको भनाई छ ।

शोधकर्ताहरुले उक्त स्मारक ३ हजार वर्ष पुरानो युरार्सियन कालको भएको अनुमान गरिएको छ ।

फलामे युगको रुपमा रहेको युरार्सियन कालमा युरार्टु नाम राज्य थियो जुन अहिलेको टर्की, आर्मेनिया तथा इरानमा फैलिएको थियो ।

प्राचीन कालमा तालको सतह बढ्दै गएपछि उक्त क्षेत्रमा रहेको सहर डुबेको हुनसक्ने वैज्ञानिकको अनुमान छ । तालको आसपासमा अझैपनि विभिन्न भग्नावशेषहरु देख्न सकिन्छ ।
पुरातत्वविदहरुले उक्त तालको पिँधमा भेटिएको प्राचीन स्मारक तथा ताल आसपासका क्षेत्रका गहन अनुसन्धान थालेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?