राष्ट्रपतिले भनिन्: तपाईहरु मिलेर आउनु भयो भने सहज हुन्छ

काठमाडौं- वाम गठवन्धनका नेताहरुले वुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। राष्ट्रिय सभा गठन सम्वन्धी अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति भण्डारीलाई दवाव दिइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित नारायणकाजी श्रेष्ठ र पूर्व सभामुख सुभाष नेम्वाङ शीतल निवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र नेताहरुबीच राष्ट्रिय सभा अध्यादेशबारेमा छलफल भएको थियो। राष्ट्रपति भण्डारीले अध्यादेशमा सहमति जटाउन आग्रह गरेकी छन्। भेटमा भण्डारीले दलहरुलाई मिलेर आउन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बताए। राष्ट्रपति भण्डारीलाई उदृत गर्दै उनले भने, ‘तपाईहरु मिलेर आउनुस्, त्यसो भए सजिलो हुन्छ’, उनले भने, ‘तपाईहरु मिलेर आउनु भयो भने सबै काम सहज हुन्छ।’

शीतल निवासमा करिब २ घण्टा भेटवार्ता चलेको थियो। एमाले माओवादीले वहुमतिय प्रणालीबाट राष्ट्रिय सभाको गठन गर्नुपर्ने माग गर्दै आएका छन् भने कांग्रेसले एकल संक्रमणीय प्रक्रियाबाट राष्ट्रिय सभाको गठन गर्नुपर्ने अडानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?