इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशनको कार्यलय उद्घाटन

टोकियो । एकै छाना मुनि विभिन्न सेवा उपलव्ध गराउने उदेश्यले इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशन लिमिटेडको कार्यलय औपचारिक रुपमा सुरु गरिएको छ ।

इकेबुकुरोमा बढ्दै गएको नेपालीहरुको संख्यालाई मध्ये नजर गर्दै कर्पोरेशनको कार्यलय सुरु गरेको हो ।

उद्घाटन कार्यक्रममा कर्पोरेशनका सिइओ उत्तम कुमार श्रेष्ठ, इजिलिंक रेमिट्यान्सका सिइओ डिपी अर्याल, सफ्ट बैकका शिव घिमिरे, नेपाल सन्देश डट कमका सम्पादक रविन्द्र गोर्खाली, डिसी नेपालका पत्रकार ज्याक खड्का लगायतले रिवन काटेर उद्घाटन गरेका थिए ।

नेपालीहरुका लागि लक्षित गरि खोलिएको कार्यलयमा फुदो सान, मोवाईल, हवाई टिकट, डिजाईन, रेमिट्यान्स लगायत सेवाहरु उपलव्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?