दुर्घटनामा परि घाईते भएका ढकालका लागि जापानबाट आर्थिक सहयोग रकम हस्तान्तरण

टोकियो । २ महिना अघि दुर्घटनामा परि घाईते भएका गोरखा निवासी सन्देश ढकाल उपचार्थ जापानमा सहयोग अभियान संचालन गरि उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।

गोरखा समाज जापानको केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमला काप्रीको नेतृत्वमा संचालन गरिएको अभियानबाट संकलित रकम १ लाख १२ हजार ४ सय ६ रुपैया परिवारलाई हस्तान्तरण गरिएको हो ।

जापानका विविध क्षेत्रमा क्रियाशील नेपालीहरुबाट संकलन गरिएकोले सहयोगी मनहरुलाई काप्रीले धन्यवाद ज्ञापन गर्नु भएको छ । उपचार्थ ढकालको स्वास्थ्य अवस्था सुधार भईरहेको परिवारले जानकारी गराएको छ ।

ढकाल गोरखा जिल्लाको लखन गाउपालिकाका घैरुङ निवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?