‘ब्रेन ट्युमर’ बिरामी सरोज आचार्यलाई जापानबाट आर्थिक सहयोग

 टोकियो । ब्रेन् ट्युमर भएर हाल काठमाडौं स्थित न्युरो अस्पताल गोल्फुटारममा उपचाररत कास्की भरतपोखरी-८ का सरोज आचार्यलाई जापान बाट दुई लाख एघार हजार तिन सय नब्बे जापनिज येन (नेपाली एक लाख एकानब्बे हजार एक रुपैयाँ- १९१००१) नेपाल पठाइएको छ ।

बिशेष गरी जापानमा रहेका कस्केली र अन्य केही मित्रहरु बाट संकलित रकम शनिबार नेपाल पठाइएको टोकियो बाट कृष्ण अधिकारीले जानकारी दिए ।

हामीले संकलन गरेको रकम पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले र पत्रकार आनन्द कोइरालाको उपस्थितिमा जापान मनी एक्सप्रेसका राजन श्रेष्ठ लाई हस्तान्तरण गरिएको हो ।

संकलित रकममा नपुग र रेमिट चार्ज गरि जापान मनि एक्प्रेसले २४५६ येन थपेको थियो | हाम्रै साथी, भाई-दाइ जिबन मरणको दोसाँधमा रहेका र न्युरो अस्पतालमा उपचार गराइरहेका आचार्य लाई सम्पूर्ण दाजु- भाई दिदी बहिनीहरुलाई सहयोगको अनुरोध गरेका थियौ सोही अनुरुप सबैले आफ्नो तर्फ बाट सक्दो सहयोग गरिदिनु भयो, उनले भने ।

सो सहयोग रकम नेपालजापान डट कमको अफिसियल बैंक एकाउन्ट मार्फत संकलन गरिएको थियो । जापानको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरु मार्फत उठेको रकम नेपाल स्थित आचार्य कि श्रीमती सन्तोषी पौडेल आचार्यको नबिल बैंकमा जम्मा गरिने गरि पठाईएको जनाइएको छ । संसारभर रहेका नेपालीहरु बाट आर्थिक सहयोगको अपेक्षा बिगत एक बर्ष देखि ब्रेन ट्युमरको बिमारी छन ।

अघिल्लो बर्ष भारतको मेदान्त अस्पतालमा पहिलो चरणको उपचार गरेर फर्केका अचार्यलाई पुन सोहि व्यथाले च्यापे पछि अहिले सबै नेपालीको सहयोगको अपेक्षा गरेका थिए । त्रिभुवन विश्व बिद्यालय किर्तिपुर बाट ब्यबस्थापनमा स्नातकोत्तर गरेका आचार्य पारिबारिक आर्थिक स्थितिका कारण कोरियामा पुगेका थिए ।

तर दुखको कुरा उनलाई त्यहि बिदेशी भूमिमा त्येस्तो रोग देखियो । पहिलो पटकको उपचार पछि सामान्य बनेपछि पुन कोरिया आएका उनलाई काम गर्न अफ्टेरो भए पछि तीन साता अघि मात्र नेपाल फर्केका थिए । यो सहयोगमा सहयोग गरिदिनु हुने महानुभाबहरुको नामावली यस प्रकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?