अर्घाखाँची समाज जापानको अध्यक्षमा विष्ट

टोकियो । अर्घाखाँची समाज जापानको अध्यक्षमा नेत्र विष्ट निर्वाचित भएका छन । समाजको संरक्षकमा निबर्तमान अध्यक्ष ज्योतिस घर्ती मगरलाई चयन गरेको छ ।

१६ तारिखमा जापानको टोकियो स्थित डबका रेस्ट्रूरेंटको हलमा सम्पन्न अधिबेसनले नेत्र बिस्टको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्बसहमत निर्वाचित गरेको छ । अधिवेशनको बन्द शत्रको लागी ज्योतिस घर्ती मगर, दीपक थापा र बाबूराम पौडेल रहेको अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया समेत सम्पन्न गरेको थियो ।

विष्टको अध्यक्षतामा निर्वाचित कार्यसमीतीको उपाध्यक्षमा क्रमशः आयन बहादुर टण्डन, दीपक थापा र कृष्ण के.सी. महासचिबमा बाबूराम पौडेल सचिबमा क्रमशः नारायण भुसाल, हरी गौतम र नेत्र पन्थी कोषाध्यक्षमा गणेश रायमाझी र सहकोषाध्यक्षमा संगीता थापा निर्वाचित गरेको छ ।

सदस्यहरूमा चेतन घर्ती मगर,आनन्द अधिकारी, कृष्ण ब. आले, टोप ब. घर्ती मगर,बासूदेब फ़ूलेल,ललित घर्ती मगर, मूमा टण्डन, राजकुमारी रायमाझी, चेतनारायण थापा, रबीन कुँवर, प्रदीप पौडेल, दिल श्रेष्ठ, कृष्ण आले, दामोदर आचार्य र खुम ब. अधिकारी निर्वाचित भएका छ ।अर्घाखाँचीको विभिन्न स्थानबाट जापान आएर भिभिन्न क्षेत्रमा रहेका अर्घाखाँचेली हरूको बाक्लो उपस्थित रहेको आधीबेशन संस्थाको अध्यक्ष ज्योतिस घर्ती मगरको अध्यक्षता र दीपक थापाको संचालनमा सम्पन्न भएको थियो ।

उक्त अधिवेशनको अतिथिमा यूथ फर अल जापानको अध्यक्ष बाबूराम पौडेल , पर्वत समाज जापानको महासचिव जनक सूबेदी, लोक तथा दोहोरि गाएक चेतन घर्ती मगर र अनेसास जापानको सदस्य आनन्द अधिकारीको विशेष उपस्थित रहेको थियो । समाजले अर्घाखाँचीको ६ ओटै स्थानीय संरचनामा आफ्नो सामाजिक गतिविधिलाई विकेन्द्रित गर्नको लागी ज़िम्मेबारीसमेत तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?