जापानबाट राप्रपाको केन्द्रिय सदस्यमा शाही मनोनित

टोकियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको केन्द्रिय सदस्यमा कलेन्द्र विक्रम शाहीलाई मनोनित गरेका छन् ।

राप्रपाको विदेशमा सक्रिय भातृ संगठन प्रवासी नेपाली एकता समाजका संस्थापक तथा समाजको अन्तराष्टिय समन्वय समितिका अध्यक्ष समेत रहेका शाहीलाई अध्यक्ष थापाले पार्टीको विधान अनुसार केन्द्रिय सदस्यमा मनोनित गरेका हुन ।

साथै राप्रपाले शाहीलाई यहि मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उमेदवार समेत बनाएको छ ।

नेपालमा डोटी जन्म घर भई जापानमा अध्यापन र व्यवसाय संचालन गर्दै आएका शाहीको जापानका शिर्ष नेता र उच्च सरकारी अधिकारीहरुसँग समेत राम्रो सम्बन्ध रहेको छ । शाहीले नेपाल जापानबीचको मैत्री सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

बुद्धिजिबी, सक्षम, सरल र समाजसेवी शाहीले नेपालको डोटी र अन्य जिल्लाहरुमा शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात लगायत विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका छन ।

हालसम्म २७ भन्दा बढि देशहरुमा भातृ संगठन विस्तार गरेको राप्रपाले विदेशमा रहेका नेता तथा कार्यकर्ताहरुलाई महत्वपूर्ण जिम्मेवारी, अवसर र स्थान दिएको केन्द्रिय सदस्य शाहीले बताए ।

प्रवासी नेपालीहरुको हक अधिकारको संरक्षण, समस्या समाधान एवं सम्बन्धित देशसँगको सम्बन्ध प्रगाढ बनाउन , विदेशमा सिकेको सिप र आर्जन गरेको पूँजीलाई स्वदेशमा भित्राउने उदेश्यले समाजको विस्तार गरेको शाही बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?