किशोरीमाथि यौन दुराचार गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ

टोकियो । हाई स्कुल अध्ययनरत छात्रासंग यौन दुराचार गरेको आरोपमा १ वर्षपछि दुई नेपालीलाई जापान प्रहरीले पक्राउ गरेको छ ।

सिजुओका प्रान्तको सिजुओका शहरमा बसोबास गर्ने दुई नेपाली जापानको नियम अनुसार यौन क्रियाकलाप गर्न नमिल्ने अर्थात उमेर नपुगेका हाई स्कुल पढ्ने छात्रासंग सो कार्य गरेको आरोपमा पक्राउ गरेको हो ।

एकले अपराध स्वीकार गरेका छन् भने अर्कोले हाई स्कुलको विद्यार्थी भएको थाहा भए पनि उमेर भने थाहा नभएको बताएका छन् ।

उनीहरुले २०१६ को मे महिनाको ८ तारिखको बेलुका ५ बजेर ५५ मिनेट बाट ७ बजेर ४० मिनेट सम्म नजिकको लभ होटलमा लगेर १५ हजार पैसा तिरेर सो कार्य गर्न प्रेरित गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अघिल्लो वर्षको अगस्ट महिनामा सामाजिक संजालमा एसएमएस मार्फत परिचय भएको व्यक्तिलाई भेट्न आएको र फर्कनको लागि बाटो सोध्न प्रहरी चौकीमा छिरेको बेला पैसा लिएर यौन सम्पर्क गरेको खुलासा गरेपछि घटनाको अनुसन्धान गरेको बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?