‘पल पल’ गीत मार्फत पत्रकार ‘रविन्द्र गोर्खाली’ गायकको रुपमा उदय (भिडियो सहित)

टोकियो । पत्रकारको रुपमा परिचय बनाएका रविन्द्र श्रेष्ठ आफ्नो पहिलो गीत ‘पल पल’ सार्वजनिक गर्दै नव गायकको रुपमा उदाएका छन् ।

नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले ‘पल पल’ बोलको पप गीतमा आफ्नी प्रेमिकाको पर्खाइ र समर्पण प्रस्तुत गरेका छन् ।

युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा संजय खड्गीको शब्द संगीत रहेको छ । नवगायक श्रेष्ठलाई गायिका सहिमा श्रेष्ठले पार्श्व स्वरमा साथ दिएकी छन् ।

प्लाटिनम स्टुडियोमा रेकर्ड तथा छायांकन गरिएको भिडियोमा स्वयम् नवगायक श्रेष्ठ र गायिका श्रेष्ठलाई देख्न सकिन्छ ।

गीतको निर्माण एनाफोर्मिक फिल्मसले गरेको हो भने प्रस्तुती सनराईज प्रोडक्सन्सको रहेको छ ।

कर्मभूमि जापान बनाएर मिडिया र व्यवसाय सञ्चालन गर्दै आएका तथा रविन्द्र गोर्खालीका रुपमा परिचत श्रेष्ठ चर्चित अनलाईन न्युज पोर्टल नेपालसन्देश डटकमका सम्पादक तथा प्रकाशक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?