अमेरिकाले उत्तर कोरियामा सैनिक कारवाही गरेमा जापानलाई पूर्व जानकारी गराउने

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी सचिव एमसी मास्टरले उत्तर कोरियाले अमेरिकी सैन्य शक्ति बुझ्नु पर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको निजी सचिव मास्टरले जापानी प्रमुख संचार गृह ‘एनएचके’ को अन्तर्वार्ताका क्रममा उत्तर कोरियाले यदि कुनै पनि आक्रमणको दुस्साहस गरेमा उत्तर कोरियाले त्यसको तत्काल कडा अमेरिकी सैन्य शक्तिको सामना गर्नु पर्ने बताएका छन् साथै उनले एसिया क्षेत्रमा अमेरिकी सेनाका साथ परमाणु युद्वपोत तयारी अवस्थामा रहेको खुलासा गरेका छन् ।

उनले राष्ट्रपतिको एसिया भ्रमणको समय पारेर पश्चिम प्रशान्त समुद्र क्षेत्रमा अरु युद्व पोष्ट तयारी अवस्थामा रहेको समेत बताए ।

उनले अमेरिका र जापान एकदमै नजिकको मित्र राष्ट्र भएको हुनाले अमेरिकाले उत्तर कोरियामा सैनिक कारवाही गरेमा जापानलाई पूर्व जानकारी गराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?