अमेरिकी राष्ट्रपतिको जापान भ्रमणको समयमा १८ हजार सुरक्षा कर्मी तैनाथ

टोकियो । नोभेम्वर ५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणलाई मध्ये नजरमा राखेर टोकियो भित्रको सुरक्षा कडा बनाईएको छ ।

आज बेलुका जापान आईपुग्ने राष्ट्रपतिको पुत्री तथा राष्ट्रपतिको निजी सचिव इबाङ्कालाई महिला शसस्त्रको सेतो पोशाकको सुरक्षा कर्मी परिचालन गरिने भएको छ ।

आतंकबादीलाई ध्यानमा राखेर आपतकालीन कमान्डो फोर्सको तयारीका साथ स्टेशनहरुको कोईन लकर बन्द गरिएको छ ।

अन्तराष्ट्रिय हिसावमा आतंकबादी तथा उत्तर कोरियाको अवस्थालाई मध्ये नजर गर्दै १८ हजार सुरक्षा कर्मीले सुरक्षा दिने छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बुश तथा ओबामाको पालामा १६ हजार सुरक्षा कर्मी परिचालन गरिएको थियो ।

साईतामा केनबाट ३ हजार सुरक्षा कर्मी जोड्दा २१ हजार सुरक्षा कर्मीले सुरक्षा दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?