जापान सरकारले नक्कली शरणार्थी आवेदकलाई अध्यागमनको बन्दी गृहमा राख्ने !


टोकियो । काम गर्ने मनसायले जापानमा बढिरहेको नक्कली शरणार्थी सम्वन्धमा न्याय मन्त्रालयले छ महिना नाघेपछि सामान्य रुपमा दिदै आएको वर्क परमिट सिस्टम खारेज गरि वर्क परमिट व्यापक रुपले कटौती गर्ने नीति बनाएको छ ।

चाडोमा यसै नोभेम्वरबाट लागु हुने गरी कार्य अगाडि बढाउने जापानी संचार माध्यमले जनाएको छ ।

यसबाट वर्षमा १० हजार भन्दा बढी निवेदकले वर्क परमिटबाट बन्चित हुनु पर्ने छ र यसले बढिरहेको नक्कली शरणार्थी आवेदकलाई कम गर्ने आशा न्याय मन्त्रालयले गरेको छ ।

न्याय मन्त्रालयका अनुसार शरणार्थी निवेदन पश्चात जाँच परिक्षणको लागि लगभग १० महिना लाग्ने समय अबबाट २ महिनामा सकी शरणार्थी आवेदकलाई चार भागमा वर्गीकरण गरेर शरणार्थी मान्यता दिनु पर्ने आवेदकको हकमा छ महिना पनि नवित्दै वर्क परमिट दिने र वास्तविक शरणार्थी आवेदकहरु एक प्रतिशत भन्दा कम हुने अनुमान गरेको छ ।

स्पस्ट रुपमा शरणार्थीको मापदण्डमा छन् कि छैनन् भन्ने निवेदकहरुलाई फेरी पनि निरिक्षण जाँच परिक्षण गरिने र स्पस्ट रुपमा नक्कली निवेदक र दोहोर्याई तेहर्याई निवेदन दिने आवेदकको भिसा सकिने वित्तिकै १७ स्थानमा रहेको अध्यागमनको बन्दी गृहमा राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?