एनआरएनएको प्रवक्तामा घिमिरे नियूक्त

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा भूषण घिमिरे नियूक्त भएका छन् ।

यस अघि दुई कार्यकाल आईसीसी सदस्य समेत रहिसकेका घिमिरेलाई संघको नवर्निवाचित कार्यसमितिले प्रवक्ताको जिम्मेवारी दिईएको हो ।

जापानको सोफिया युर्निभरसिटीबाट पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे टोकियोमा रेष्टुरेन्ट तथा ग्रोसरी व्यवसायमा संलग्न छन् ।

१६ वर्ष देखि जापानमा बसोवास गर्दै आएका घिमिरे यसअघि युग सम्वाद साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गरेका थिए भने हाल जापानबाट संचालित समुद्रपारि डट कमका सम्पादक हुन् ।

नेपाल पत्रकार महासंघको केन्दिय सदस्यको जिम्मेवारी समेत सम्हालिसकेका उनले रेडियो नेपालको समाचार मूलक कार्यक्रम परिवेशको प्रस्तोता थिए । उनले नेपालमा बैंकिङ, हाइड्रो, शिक्षा क्षेत्रमा लागानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?