ट्रम्पले जापानका यी बृद्ध दम्पतीलाई भेट्ने, यस्तो छ कारण

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो अबेले अमेरिकी राष्ट्रपतिसँग जापानका विस्थापित नागरिकबीच भेट वार्ता गराउने बताएका छन् । उत्तर कोरियाका एजेन्टहरुद्वारा विस्थापित गरिएका नागरिकहरुलाई अर्को महिना जापान आउन लागेका ट्रम्पले भेट्ने छन् ।

‘मैले जब अघिल्लो महिना ट्रम्पलाई योकोटाका बुबाआमा तथा परिवारलाई भेट्नको लािग अनुरोध गरें । उहाँले ठाउँको ठाउँ स्वीकार्नुभएको छ । साथै उहाँले विस्थापित नागरिकहरुलाई सकेसम्म उद्वार गर्ने समेत बताउनुभएको छ ।’ निगाटा क्षेत्रमा भएको र्यालीलाई सम्बोधन गर्दै अबेले भने ।

नागाटा जापानको नदी हो, जहाँ घरबाट स्कूल जाँदै गरेकी १३ वर्षकी बालिका योकाटा उत्तर कोरियाका एजेन्टहरुद्वारा अपहरणमा परेकी थिइन् । उनका बाबु आमा अहिले ८४ र ८१ वर्षका भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?