चितवन समाज जापानको चियापान सेप्टेम्बर २८ मा

टोकियो । चितवन समाज जापानले बडा दशैंको अवसरमा सेप्टेम्बर २८ तारिखका दिन टोकियोमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

समाजले विजया दशमी र दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको हो । आफ्ना परिवारबाट टाधिएर विदेशमा एक्लो जीवन जिउन बाध्य नेपालीलाई यस्ता चार्डको समयमा एक्लोपन महसुस नहोस भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

केहि समय मात्रै भएपनि आफ्नो देश र परिवार सम्झी रमाइलो गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको समाजका कार्यबाहक अध्यक्ष्य इश्वरी प्रसाद कंडेलले बताए ।

कार्यक्रम बिहिबार अपरान्ह ३ बजेदेखि साँझ ६ बजेसम्म शिनओकुबो स्थित टोकीयो रोधी क्लबको सभा हलमा हुने समाजले बताएको छ । साथै, सो समय र स्थानमा उपस्थित भइदिन समाजले जापानबासी चितवने लगायत सम्पूर्ण नेपालीमा आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?