अमेरिकाले भन्यो–ओकिनावास्थित सैन्य क्याम्बाट आक्रमण हुनसक्छ

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएका छन् भने अमेरिकाका सहयोगि राष्ट्र जापान र दक्षिण कोरियालाई पनि यसबारे तयारी थाल्न आग्रह गरेका छन् । उनले भेनेजुएला र चादका नागरिकलाई पनि अमेरिका भ्रमणमा रोक लागाएका छन् ।

यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा आठ देश परेका छन् । यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक थियो ।

यस नयाँ नीतिको घोषणा अमेरिकी राष्ट्रपतिको कार्यालयले आइतबार राति गरेको हो । ह्वाइटहाउसले विज्ञप्तिमार्फत यसको पुष्टी गरेको छ ।

पहिलेका पाँच र यी तीन गरी आठ देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको नयाँ घोषणासम्बन्धी विज्ञप्ति राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको समाचारमा जनाइएको छ ।

अमेरिकाले आणविक कार्यक्रम स्थगनको घोषणा नभए जापानको ओकिनावामा रहेको आफ्नो सैन्य क्याम्प मार्फत् आक्रमण गर्ने चेतावनी पनि दिएको छ । तर, आक्रमण कहिले सुरु गर्नेभन्नेबारे केही उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?