रुसले भन्यो–जापान शान्तिको पक्षमा छ, अमेरिकाले उत्तरमाथि हमला गर्नै सक्दैन

टोकियो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिका, जापान र दक्षिण कोरिया एकजुट भएपनि उत्तर कोरियाका विरुद्ध सैनिक कारबाही गर्न नसक्ने बताएका छन् ।
उत्तर कोरियाली आकास हुँदै अमेरिकी युद्धपोत विमान उडेको भनिएको एक दिनपछि रुसको यो प्रतिक्रिया आएको छ ।

रुसी विदेशमन्त्री लाभरोभले आइतबार एक रुसी टेलिभिजनलाई दिएको अन्तरवार्तामा सो धारणा राखेका हुन् ।

उनले भनेका छन्– हुनत अमेरिकाले उत्तर कोरियामाथि हवाई तथा सैनिक कारबाहीको चर्चा पनि आएको छ तर अमेरिकाले त्यसो गर्न सक्दैन किनभने उत्तर कोरियामा बम छ भन्ने कुरा अमेरिकालाई राम्ररी थाहा छ र जापान पनि युद्ध हैन शान्तिको पक्षमा छ ।

सो अन्तरवार्तामा उनले भनेका छन्– मैले उत्तर कोरियाको बचाउ गरिरहेको छैन, यो कुरा मैले मात्र होइन कि सबैले यही नै भन्ने गर्छन्, उत्तर कोरियासँग बम छ त्यसैले अमेरिकाले सिधै हवाई कारबाही गर्न सक्दैन ।

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा एक शक्तिशाली हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो ।

उक्त परीक्षण अमेरिकाले सन् १९४५ मा जापानको हिरोसीमा सहरमा फालेको बमभन्दा कम्तीमा पनि १६ गुणा बढी शक्तिशाली भएकोले उसँगको शक्तिशाली बमका कारण अमेरिका वा अरु कुनै पनि देशले यसो गर्न नसक्ने उनको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?