राजदूत राणाले भनिन्–नेपालमा लगानी मैत्री वातावरण बन्यो, जापानी मन्त्री भन्छन्–अब लगानी बढाउँछौं

टोकियो । जापानस्थित नेपाली दूतावासले भब्य रुपमा संविधान दिवस मनाएको छ । यहि सेप्टेम्बर २० तारिक बुधबार टोकियोको मिनातोकोस्थित होटेल ओकुरामा भब्य रुपमा संविधान दिवस मनाइएको हो ।

समारोहमा सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपालमा संविधान जारी भएसँगै कार्यान्वयनको चरण पनि सुरु भैसकेको बताउँदै अब मुलुक स्थिरता र समृद्धिको बाटोमा अघि बढेको बताइन् ।

राणाले प्रदेश र केन्द्रको चुनाव पछि स्थायी सरकार आउने र लगानीको वातावरण सहज बन्ने भएकाले जापानी लगानीकर्ता र नेपाली व्यावसायीलाई नेपालमा लगानी गर्न आग्रह समेत गरिन् । राणाले नेपाल जापान सम्बन्ध अत्यन्तै सुमधुर र पुरानो भएकाले आगामी दिनमा नेपाल जापानबीच सहकार्य अझै बढ्ने विश्वास व्यक्ति गरिन् ।

कार्यक्रमको प्रमुख अतिथि जापानको संसदीय उपमन्त्री आयो होरीले जापान र नेपालको सम्बन्ध सुमधुर रहेको बताउँदै नेपालमा स्थिर राजनीति सुरु भएसँगै जापानले लगानी बढाउने तयारी गरेको बताए । उनले नेपालमा भूकम्प पछिको पुननिर्माण लगायत नियमीत विकासका काममा जापानको सहयोग निरन्तर रहने पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?