खानागावा कम्युनिटीको पहलमा रिसाललाई नेपाल पठाइयो

टोकियो । विगत ३ महिना देखि जापानको खानागावामा उपचारार्थ सुनन्दन रिसाललाई नेपाल पठाइएको छ ।

खानागावा नेपाली कम्युनिटीको पहलमा जापानस्थित नेपाली राजदूतावास, एनआरएनए, नुवाकोट समाज जापान लगायत संघ संस्थाहरुको आर्थिक सहयोगमा रिसाललाई नेपाल पठाइएको हो । सेप्टेम्बर ९ तारिखका दिन उनलाई नेपाल पठाइएको हो ।

खानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटा, सचिव राजेन्द्र श्रेष्ठ र सदस्य पुष्प गैरेले उनलाई जापानस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे । पत्रकार रविन्द्र श्रेष्ठको जिम्मा लगाई उनलाई नेपाल पठाइएको हो ।

यस अभियानमा साथ दिने सम्मपूर्ण सहयोगी लाई खानागावा नेपाली कम्युनिटीले धन्यवाद ज्ञापन गरेको छ । कम्युनिटीले यस्ता सामाजिक कामका लागि अन्य संस्थाहरुसँग निरन्तर सहकार्य गर्न तयार रहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?