जनसम्पर्क समिति जापानले भन्यो– हामीले पहल गर्यों, तर सम्भव भएन

टोकियो । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेललाई जापानको अध्यागमन विभागले आवश्यक कागजाद नपुगेको भन्दै नेपाल फिर्ता पठइदिएपछि अहिले यस बारेमा बहस जारी छ ।

उनलाई विभिन्न कार्यक्रममा सहभागिताका लागि बोलाएको कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति जापानले पौडेलका बारेमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरुको खण्डन समेत गरेको छ ।

समितिले विज्ञप्ती जारी गर्दै पौडेललाई अध्यागमनले आवश्यक कागजाद मागेको र स्पोन्सरलाई बोलाउन आग्रह गरेको उल्लेख गर्दै स्पोन्सर नेपाल गएका कारण समस्या उत्पन्न भएको जनाएको हो ।

साथै नेपाली दूतावास मार्फत् पहल गर्दा पनि अध्यागमनले नमानेको र यस विषयमा अनर्गल समाचार बनाइएको भन्दै समितिले भत्सर्ना समेत गरेको छ ।

यस्तो छ जनसम्पर्क समिति जापानले जारी गरेको विज्ञप्ती:

विभिन्न संचार माध्यम र अनलाईन मिडियाहरुमा जन सम्पर्क समिति जापानका सभापतिलाई झुटा आरोप लगाई प्रकाशित समाचारहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ ।

जापानको कुनै पनि राजनीतिक कार्यक्रममा निमन्त्रण गर्दा कुनै न कुनै ब्यक्ति वा कम्पनिले आउने ब्यक्तिहरुको भिषाको लागि स्पोन्सर गर्नु पर्ने प्रावधान अनुरुप नेपाली जनसम्पर्क समिति जापानको तय भएको कार्यक्रमलाई सम्बोधन र प्रशिक्षण गर्नका लागि नेपाली कांग्रेसी केन्द्रित सदस्य प्रदिप पौडेल ज्युलाई जनसम्पर्क समिति जापानका पुर्व सदस्य ऋतेन्द्र गिरीजीको पोखरा कम्पनी लिमिटेडले स्पोन्सर गरेको थियो ।

दुबै जना नेता जापान आउने क्रममा हानेदा एयरपोर्टमा आदरिणय नेता प्रदिप पौडेललाई सोधपुछको लागि रोकिएको खबर पाउनसाथ हामी स्वागर्तथ गएका साथिहरु सभापति डिपी कडेलको नेतुत्वमा नेपाली दूतबास सग सम्पर्क गर्दै दूतबासलाई बोलाई ग्यारेन्टी पत्र सहित जापान अध्यागमन समक्ष पेश हुदॉ पनि अध्यागमन विभागले प्रवेश अनुमति प्रदान गरेन ।

त्यसका कारण किन कसरी सकिएन त भन्दा जापानिज कानुन अनुसार आवस्यक परेको खंडमा स्पोन्सर ब्यक्ति अध्यगमन उपस्थित भई रिसिभ गर्नुपर्ने अवस्था सिर्जना भएकोमा नेपाली कॉंग्रेसका नेता प्रदिप पौडेललाई भम्रणको तालिका र बसाईको सामान्य सोधपुछ पछि स्पोन्सर दिने ब्यक्तिलाई बोलाएको र उक्त समयमा स्पोन्सर दिने ब्यक्ति नेपालमा भएको हुदॉ स्पोन्सर गर्ने ब्यक्ति उपस्थित हुन नसकेकोमा कारण देखाई प्रवेश अनुमति दिईएको ।

उक्त अवधि भर नेपाली दुताबास जापान सरकारका अन्य सरकारी निकाय र ब्यक्तिहरुको ग्यारेन्टि दिदा पनि ईमिग्रेसन ईन्कार गरेको अवस्था रहेको थियो । उक्त दिन सॉझ हङकङ हुदै उहाँ स्वदेश फिर्ता हुन परेको हो ।

यस सन्दर्भित स्पोन्सर ऋतेन्द्र गिरीले नेपालमा पत्रकार सम्मेलनगरी आपनो धारण र त्यस प्रति क्षमा याचना गर्नु भएको छ ।

साथै युवा नेता नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल ज्यु प्रति अनलाईन मिडियाहरुमा आएका भ्रमक, ग़लत नियतबस र अतिरंजित समाचार प्रति जनसम्पर्क समिति जापानको ध्यानाकर्षण भएको र हामि यस प्रति पुर्णरुपमा खेद प्रकट गर्दछौ । यसरी सस्तो लोकप्रियताको नाममा प्रकाशित समाचार र मिडिया माथि छानविन होस र कारबाहि अगाडी बढाईयोस नेपाल सरकारसग माँग पनि गर्दछौ ।

डिपि कंडेल       रमेश डंगोल

सभापति             महामन्त्री

जनसम्पर्क समिति जापान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?