एसिया प्यासिफिकको उप–संयोजकमा एनआरएनए जापानका पूर्वअध्यक्ष पोखरेलको दाबी

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वअध्यक्ष पारसमणि पोखरेलले एसिया प्यासिफिकको उप–संयोजक पदमा उम्मेद्वारीको घोषणा गरेका छन् ।
गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पोखरेलले अक्टोबर महिनामा हुने संघको विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

रोटरी क्लबको प्रतिष्ठित छात्रवृति रोटरी एम्बसोडोरियल मार्फत् पोखरेल जापान आएका थिए ।

जापानमा उनी स्थापित नेपाली ब्यबसायीका रुपमा चिनिन्छन् । समिका ग्रुप अफ कम्पनीका अध्यक्ष समेत रहेका पोखरेलले गत बर्षबाट जापानमा पहिलोपटक नेपालीहरुको तर्फबाट सामिका सुपरमार्केट संचालनमा ल्याएका थिए ।

एनआरएनए जापानको अध्यक्ष हुँदा कार्यालयको स्थापनागरेका पोखरेलकै पालादेखि सदस्यताका लागि अनलाईन फर्म सुरु भएको थियो । जापानमा नेपाल चिनाउने अभियानका रुपमा रहेको नेपाल फेस्टिवलको सुरुवातका लागि उनले पहल गरेका थिए ।

उनी एनआरएनहरुका बीचमा विभिन्न रचनात्मक काम मार्फच परिचित छन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?