रुसले भन्यो- जापानको आकासमा क्षेप्यास्त्र हानेर उत्तर कोरियाले अती गर्यो, अब सहन सकिन्न

टाेकियाे ।  रसियाले उत्तर कोरियाद्वारा शुक्रबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा निन्दा गरेको छ । 
रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले यस्ता गतिविधिले कोरियाली प्रायद्वीपमा तनाव थप बढ्ने बताएका छन्र ।

उनलाई उद्धृत गरी यहाँको समाचार संस्था तास न्यूज एजेन्सीले भनेको छ, “रसिया यस्ता उत्तेजक गतिविधिबाट चिन्तित बनेको र यसले कोरियाली प्रायद्वीपमा थप तनाव सिर्जना गर्छ ।”

उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्रलाई शुक्रबार जापानको आकासमा हानेको थियो ।

यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ सम्प्रेषण गरेका थिए । उनीहरूले फेरि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको समाचारमा जनाएका छन् ।

अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसङ्घको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको उत्तर कोरियाले पुनः ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो ।

उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा अत्यन्तै शक्तिशाली हाइड्रोजन बम मिश्रित मिसाइल हानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?