एनआरएनएको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि व्यवसायी एवं वर्तमान उपाध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्।

अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान उपाध्यक्ष रहेका भट्टले शनिबार काठमाडाैंमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले एनआरएनलाई बदलिदो परिस्थितिमा अघि बढाउन र नेपालमा लगानी मैत्री वातावरण बनीरहेका बेला अन्तर्राष्ट्रिय लगानी भित्राउन आफूले २०१७–०१९ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने बताए ।

गैरआवासीय नेपाली संघ जापानको स्थापनाकालदेखि सक्रिय रहेका भट्टको जापानमा ठुला लगानीका व्यावसाय छन् । भट्टले एनआरएनए जापानको अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेका छन्।

भट्टले आफू संस्थाको जिम्मेवारीमा स्वभाविक रुपमा खुट्किला उक्लिदै अगाडि आएकोले एनआरएनएको अध्यक्षका लागि सबैभन्दा योग्य भएको बताए ।

उनले आफूले अहिलेसम्म विभिन्न जिम्मेवारीमा रहेर सिकेका ज्ञान र अनुभवको प्रयोग गर्दै संस्थालाई सवल, गतिशील र गैरआवासीय नेपालीहरुको आस्थाको केन्द्र बनाउने बताए ।

उनले एनआरएनएले हालसम्म गरेका राम्रा कामको निरन्तरता, नयाँ कामको थालनी र पुरा हुन बाँकी कामलाई पुरा गराउने आफ्नो योजना रहेको सुनाए ।

उनले गोरखाको लाप्राकका बनिरहेको नमुना वस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोषको विस्तार लगायतका वर्तमान कामलाई प्राथमिकता दिदै अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।

https://www.facebook.com/nepalsandeshofficial/videos/744841859038957/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?