नेपालीका लागि नेपालीले दशैं विशेष भेटघाट कार्यक्रम गर्ने

टोकियो । नेपालीका लागि नेपाली जापानले दशैं विशेष भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जापानमै रहेर कला क्षेत्रमा सक्रिय चर्चित कलाकारहरुको प्रस्तुतीमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सेप्टेम्बर ३० तारिखका दिन आइतबार साँझ ५ बजेदेखि ९ बजेसम्म कार्यक्रम चल्ने छ ।

माया रेष्टुरेण्ट गोटान्डा, ५–२८–१२ हीगासी गोटान्डा, सिनगोवा, टोकियो १४१–००२२ मा कार्यक्रम आयोजना हुने छ ।

कार्यक्रममा गायक समुद्रराज पौडेल, अमित सापकोटा, चेतन घर्तिमगर, महेन्द्र न्यौपाने र होम पुनको प्रस्तुती रहने छ ।

कार्यक्रमबारे थप जानकारीका लागि गणेश न्यौपाने (०८०–४६५७–४८४१) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?