बाढी प्रभावीतलाई ‘म नेपाली ग्रुप जापान’को आर्थिक सहयोग

टोकियो । नेपालको तराई भुभागमा गत महिना आएको बाढी पहिरो प्रभावितलाई म नेपाली ग्रुप जापानले सहयोग गरेको छ ।

ग्रुपले बाढी प्रभावितको राहत र उद्दारका लागि धुर्मुस सुन्तली फाउण्डेसन मार्फत् सहयोग गरेको हो । जापानमा क्रियाशील महिला हरुको समुह म नेपाली ग्रुपले तीज महोत्सव २०१७ को कार्यक्रमबाट रकम कटाएर सहयोग गरेको हो ।

कार्यक्रममा सहभागिहरुबाट संकलन भएको ६९ हजार ३ सय ५६ रुपैयाँ फाउण्डेसनमा पठाइएको ग्रुपकी प्रमुख स्मृति आचार्यले बताइन् ।

रमेश शिरिष मगरले १० हजार येन, स्मृति आचार्यले ५ हजार येन, सनम थापाले ५ हजार येन, मञ्जु हमालले ५ हजार येन, मिना केसीले ५ हजार येन, रिता नेप्जले ५ हजार येन सहयोग गरेका थिए ।

यस्तै रक्षा ज्ञवालीले २५ सय येन, इन्दु गौतमले २ हजार येन, सुमि केसीले दुई हजार येन, नान्सु पाण्डेले दुई हजार येन, शारदा पीसीले दुई हजार येन सहयोग गरे ।

यस्तै अस्मिता सापकोटाले दुई हजार येन, अनिता अधिकारीले दुई हजार येन, गीता महतले दुइई हजार येन, सरु अधिकारीले दुई हजार येन, दिपा कार्कीले दुई हजार येन सहयोग गरेका थिए ।

यस्तै मञ्जु पाठक, मंगला बानिया, राकेश महतो, निर्मला लामा, अंकुर गौतम राज, शक्ति मोक्तान र अम्बिका भान्तनाले पनि जनहि दुई दुई हजार जापानी येन सहयोग गरे ।

यस्तै कबिला लामिछानेले १५ सय येन, गीता अर्याल, शान्ति सिग्देल र अनिस चौलागाईले पनि जनहि हजार जापानी येन सहयोग गरेका थिए । जम्मा ७६ हजार जापानी येन संकलन भएको र फाउण्डेसनमा पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?