दक्षिण कोरियाली राष्ट्रपति आकस्मिक निर्णयको तयारीमा, आन्तरिक छलफलपछि जापानसँग पनि परामर्श लिने

टाेकियाे । उत्तर कोरियाको आणविक परीक्षणका बारेमा आवश्यक छलफलका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आकस्मिक बैठक बोलाएको छ । 
न्युयोर्कबाट प्राप्त समाचारअनुसार सुरक्षा परिषदको बैठक  बोलाइएको छ । उक्त बैठकमा उत्तर कोरियाको पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका बारेमा आवश्यक छलफल हुनेछ ।

यसै हप्तामात्र उक्त परिषदबाट उत्तर कोरियामाथि कडा खालको नाकाबन्दी लगाइएको थियो । अमेरिकी प्रस्तावमा लगाइएको सो नाकाबन्दीको उत्तर कोरियाले विरोध गरेको थियो ।

उत्तर कोरियाले शुक्रबार गरेको यो ब्यालेस्टिक परीक्षण पनि सोही नाकाबन्दीको विरुद्धमा केन्द्रित रहेको जनाएको छ । उत्तर कोरियाले आफूमाथि नाकाबन्दी लगाउने अमेरिका र उसका सहयोगी देशलाई कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिले बाेलाए आकस्मिक सुरक्षा बैठक

यसैबीच दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले शुक्रबारै राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्र ।

उनले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेकोले यसलबाट कोरियाली प्रायद्वीपमा गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै सो बैठक बाेलाएका हुन्र ।  उनले अान्तरिक छलफल पश्चात्र जापानसँग पनि छलफलकाे तयारी गरेका छन्र ।

उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमका कारण जापान र दक्षिण कोरियामा तनाव उत्पन्न भएको छ । यस अघि पनि १२ दिनअघि उत्तरले गरेको क्षेप्यास्त्र परीक्षणका कारण ५.६ म्याग्निच्युडको कम्पन महसुस गरिएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?