अक्टोबर १७ मा विन्दास गाइजले आयोजना गर्दैछ जापानमा देउसी भैलो

टोकियो । हिन्दु नेपालीहरुको महान् चाड तिहारको उपलक्ष्यमा जापानमा देउसी भैलो कार्यक्रमको आयोजना हुने भएको छ ।

विन्दास गाइजले आयोजना गर्न लागेको देउसी भैलो कार्यक्रममा नाकामाज ब्याण्ड नागोया र कन्साई आर्टको प्रस्तुती रहने छ । २०१७ अक्टोबर १७ का दिन कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ । कार्यक्रममा सहभागिताका लागि २५ सय जापानी येनको टिकेटको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

एम हल ओसाका, किता वार्ड सोनेजाकी २–१४–१७, स्टेसन जेआर ओसाका (हान्सीमा, हान्क्यु, मिडोसुजी युमेडा) मा कार्यक्रमको आयोजना गरिने छ ।

कार्यक्रममा सहभागिताका लागि विनय ०८०–४०१३–६२६३, गोविन्द ०८०–४४९३–५००४, दिपेन ०८०–४६४२–२०४४, आर्जन०८०–४२४२–३९३० र सुरज ०८०–४६६०–१९९२ लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?