उत्तर कोरियाको क्षेप्यास्त्रका विरुद्ध जापानको उजुरी 

टाेकियाे ।  जापानले भने उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको पुष्टी गरेको छ । जापानले आइतबार बिहान उत्तर कोरियाले यस्तो शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको पुष्टी भएको दाबी गरेको छ । 
यो पुष्टीसँगै जापानले यस्तो परीक्षणको औपचारिक रुपमा विरोध पनि जनाएको छ । बारम्बार उत्तर कोरियाको यो हदसम्मको हर्कत कदापि मान्य नहुने पनि उसले दाबी गरेको छ ।

जापानका विदेशमन्त्री तारो कानोले भन्नुभयो ‘जापान सरकारले आवश्यक विभिन्न सूचनाहरु संकलन गरेर र आवश्यक अनुसन्धान गरेर सो आणविक परीक्षण गरेको पुष्टी गरेको छ ।’

जापान सरकारले पनि मौसमसम्बन्धी र भौगार्भिक सर्वेक्षणबाट यससम्बन्धी सूचना लिएको थियो । प्राप्त सूचनामा यी निकायबाट प्राप्त जानकारी अनुसार उत्तर कोरियाले आणविक परीक्षण गरेकै कारण पृथ्वीमा कम्पन आएको पाइएको जापानले जनाएको थियो ।

जापानले चीनमा रहेको उत्तर कोरियाको दूताबासमा यस्तो विरोधपत्र पनि दर्ता गराएको छ । सो विरोधपत्रमा यस्तो क्षेप्यास्त्र परीक्षणको त्रास र यसबाट उत्पन्न परिस्थिति कुनैपनि हालतमा क्षम्य नहुने जिकीर पनि गरिएको छ ।

उत्तर कोरियाले हालैमात्र पनि जापानको समुद्रमा पर्नेगरी एक मिसाइल हानेको थियो । जसका कारण जापानले गम्भीर रुपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै उत्तर कोरियामाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको थियो ।

त्यसयता पनि उत्तर कोरियाले कुनै पश्चाताप महसुश गरेको छैन । बरु उसले अन्तर महादेशीय मिसाइल बनाउन सकेकोमा गर्वको महसुश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?