एनआरएनए जापानको नयाँ नेतृत्व चयन, यी हुन् विजयी उम्मेदवारहरु

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिले आइतबार सम्पन्न मतदानको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोज खत्री विजयी भएका छन् । जीवन न्यौपाने, द्रोणप्रसाद सिलवाल र छत्र बहादुर दाहाल पनि प्रतिस्पर्धामा थिए । यस्तै सचिवमा जनक बिक्रम शाही विजयी भएका छन् । शाहीले बाशुदेव लामिछानेलाई पराजित गरेका हुन् ।

महिला सदस्यमा सृजना पाण्डे विजयी भएका छन् । गीता आचार्य (स्मृति) र कमला गैरेलाई पराजित गरेका हुन् । सदस्यमा भने राजन पौडेल, नारायण खड्का, बाल कृष्ण कंडेल, हस्त लामा र लाल बहादुर रावल विजयी भएका छन् । सदस्यमा २१ जना प्रतिस्पर्धामा थिए ।

यस अघि नै अध्यक्षमा टासी वाङदी लामा निर्विरोध भएका थिए भने बरिष्ठ उपाध्यक्षमा देवीलाल भण्डारी र महिला उपाध्यक्षकी उम्मेदवार अनिता गुरुङ (लामा) निर्विरोध भइन् । उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोज खत्री विजयी भएका छन् ।

महासचिवमा बुद्धिराज घिमिरे निर्विरोध भएका थिए । कोषाध्यक्षमा कालिका थापा निर्विरोध विजयी भएकी छिन् । सह-कोषाध्यक्षमा अनिल थापा निर्विरोध भएका छन् । अन्तर्राष्ट्रिय सम्वन्वय परिषद्मा दिनेश गुरुङ, टंकप्रसाद गैरे, कपिलदेव थापा, केशरकुमार गिरी, दिलाराम गैरे र अनुज थापा निर्विरोध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?