उत्तर कोरियाको दाबी–जापानी आकासमा गरिएको आक्रमण सुरुवात, सैन्य कारबाही अब रोकिन्न

टोकियो । उत्तर कोरियाले जापानको आकाशमा मिसाइल आक्रमणलाई प्रशान्त क्षेत्रमा सैन्य कारवाहीको ‘पहिलो कदम’ भन्दैआक्रमणलाई अझै तिब्रपार्नेचेतावनी दिएको छ । उत्तर कोरियाली यो कदमलाई भविष्यमा हुने अन्य कारवाहीको पूर्व संकेतको रुपमा हेरिएको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले पनि प्रशान्त महासागरमा अमेरिकी द्धिप गुआममाथि लगातार आक्रमण हुने दाबी गरिरहेको छ ।

मंगलबार उत्तर कोरियाली मिसाइल जापानी द्वीपमाथिबाट गएर समुन्द्रमा खसेको थियो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाको यो कदमको घोर भत्सर्ना गरिसकेको छ ।

मंगलवार न्यूयोर्कमा सुरक्षा परिषद्ले उत्तर कोरियाको मिसाइल टेस्ट भड्काउनेवाला कारवाही बताएको थियो । तर सुरक्षा परिषदको भनाइमा उत्तर कोरियामाथि कुनै नयाँ प्रतिवन्धको व्यवस्था गरिएको छैन ।

उत्तर कोरियाले हालको महिनामा संयुक्त राष्ट्रसंघीय प्रतिवन्धका वावजुद पटक पटक मिसाइल परिक्षण गरिरहेको छ ।

मंगलबार उत्तर कोरियाले प्योगयांग नजिकबाट गरेको परीक्षणले २७ हजार किलोमिटरको दूरी तय गरेको थियो र जापानको पूर्वी तटबाट ११८० किलोमिटर टाढा खसेको थियो ।

बीबीसीका अनुसार यो मिसाइल असामान्य रुपमा कम उचाइबाट खसेको थियो । उता जापानले आफ्नो द्वीपमा सुरक्षा एलर्ट जारी गरेको छ । प्रधानमन्त्री सिन्जो आबेदे यसलाई अप्रत्याशित, महत्वपूणए र गम्भीर चेनावानी भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?