उत्तरले जापानी आकासमा मिसाईल प्रहार गरेपछि अमेरिका र जापानले चाल्नेभए नयाँ कदम

टाेकियाे । उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्नको लागि सुरक्षा परिषदको बैठकको बोलाउनको लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।

उत्तर कोरियाले मङ्गलबार गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुदै जापानको नै समुन्द्रमा झरेपछि सो आग्रह गरिएको हो ।

उत्तर कोरियाले गरेको पछिल्लो यो क्षेप्यास्त्र परिक्षणको जापान, अमेरिका, बेलायत, अष्ट्र्ेलिया र दक्षिण कोरियाले निन्दा गरेको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले यस क्षेप्यास्त्र परिक्षणलाई अनौठो, गम्भीर र खतरनाक चेतावनी भएको बताउनु हुदै संयुक्त राष्ट्र संघको आकस्मिक बैठक बोलाउन आह्वान गर्नु भएको छ ।

जापानको उत्तरी हकाइदो टापूको करिब तीन सय किलोमिटरसम्म उत्तर कोरियाली यो क्षेप्यास्त्र पुगेको थियो ।

उत्तरी कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सुचना गराउने साइरन बजेको र मानिसहरुलाई भूइतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो ।

सन् २००९ मा उत्तर कोरियाले गरेको रकेट परिक्षण जापानको आकाशमा गएको थियो । प्याङ्गयाङ्गले यसलाइ सेटलाइट परिक्षण गरेको भनेको थियो । वासिङ्गटन, सोल र टोकियोले यसलाई गैरकानूनी एक अन्तरमहादेशिय व्यालेस्टिक परिक्षण भनेको थियो ।

उत्तर कोरियाले गत आठ वर्षयता लगाताररुपमा गर्दै आएको क्षेस्यास्त्र परीक्षणहरु जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो ।

प्याङ्गयाङ्गले हालै अमेरिकी मूल भूमिसम्म मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलातापूर्वक परीक्षण गरेकोे बताउँदै आएको छ ।

उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि छोटो दूरीमा हान्न सक्ने तीन वटा क्षेप्यास्त्र परक्षिण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?