इजु सहरः अब साइकलमै सरर, नगरपालिकाले थाल्यो अभियान

टोकियो । सन् २०२० मा हुने ओलम्पिक अन्तरगतको साइक्लिङ सम्बन्धी प्रतिश्पर्धा हुने शिजुओकाको इजु सहरमा साईकल प्रवद्र्धनात्मक अभियान सुरु भएको छ । इजु नगरपालिकाको गभर्नर कार्यालयकै आयोजनामा साईकल प्रवद्र्धनात्मक अभियान सुरु भएको हो ।

नगरपालिकाले साइकल सम्बन्धी विभिन्न प्रतियोगिताहरुको आयोजना गरिरहेको छ भने साइकल यात्रीका लागि विभिन्न खाले सुविधा दिने घोषणा समेत गरेको छ ।

यो अभियानमा दर्जनौं साईकल यात्रीहरुले सहभागिता जनाएका छन् ।

नगरपालिकाले यो अभियानमा संलग्नहरुलाई घरमै साइकल लान पाउने व्यवस्था समेत गरेको छ ।

ओलम्पिक खेलका बेला यो सहरमा साइकल मात्रै चलाइने र अन्य सार्वजनिक यातायातलाई निषेध गर्ने तयारी समेत भैरहेको छ ।

यसका लागि यहाँका नागरिकलाई साइकलमा हिडडुल गर्ने बानी बसाल्नका लागि यस्तो अभियान चालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?