राईज पर्ल एण्ड फेसन हाउसको ‘तीज स्पेशल फोटो कन्टेस्ट’ को उपाधि रेग्मीललाई

टोकियो । राईज पर्ल एण्ड फेशन हाउस जापानले आयोजना गरेको प्रथम तीज स्पेशल फोटो कन्टेस्टको उपाधि समिक्षा रेग्मीले जितेकी छिन् । जुलाई २० देखि अगस्ट २० सम्म एक महिनाको आवेदन अवधिमा १६६ प्रतियोगिले आवेदन दिएका थिए । आवेदक मध्ये समिक्षा रेग्मी उत्कृष्ट सावित हुँदै पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि जितिन् ।

फेसबुक मार्फत गरिएको कन्टेस्टमा सरु क्षेत्री दोस्रो भइन् भने याङकिला राजभण्डारी तेस्रो भइन् । प्रतियोगिताको नियम अनुसार आयोजकले आफ्नो फेसबुक पेजमा प्रतियोगीहरुको फोटो राखेको थियो । जसमा प्रतियोगीहरुले आफ्नो फोटो र आयोजकको लाईक पेजमा लाईक गर्नका निम्ति अनुरोध गर्नु पर्ने थियो, त्यहि लाईकको आधारमा बिजेता घोषणा गरिएको हो ।

प्रतियोगिता अन्तरगत धेरै फोटो सेयर अवार्ड सानु बिस्टले हात परिन् । उनको फोटो ४८४ पटक सेयर भएको थियो । २२ अगस्टमा म नेपाली ग्रुप जापानले आयोजना गरेको तीज महोत्सव २०१७ मा पुरस्कार वितरण गरिएको थियो । जापानमा पहिलो पटक गरिएको यो प्रतियोगितामा सोचेको भन्दा धेरै प्रतियोगीहरुले भाग लिएको भन्दै आयोजक पनि उत्साहित देखिएका छन् । फेशन हाउसका संचालक रबि श्रेष्ठले सबै प्रतियोगीहरुलाई धन्यवाद दिदै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा केही कमजोरी भए पनि आगामी दिनमा सच्याउँदै जाने बताए ।

उनले आगामी वर्ष पनि यस किसिमको प्रतियोगितालाई निरन्तरता दिने बताए । अर्का संचालक शिव तण्डुकारले आगामी वर्ष यो प्रतियोगितालाई अझै प्रभावकारी बनाउने बताए । “राईज पर्ल एण्ड फेशन हाउस जापान” टोकियोको मुटुमा रहेको शिन्जुकु कु को शिनओकुबो र ऒकुबो स्टेशन बीचमा रहेको छ ।

बिशेष गरी महिलाहरुलाई लक्षित गरी खोलिएको सो फेशन हाउसमा विभिन्न डिजाईनका साडी, लेहेंगा, कुर्ता, बालबालिकाको पास्नीमा लगाउने लुगा, मोती तथा मुगाको माला राखिएको छ ।

यस्तै जापानमा बनेको जापानी साडी, चाँदीका सामाग्री (बाला, कल्ली, पाऊजु), प्लेटेट चुराहरू, ढाका टोपी, खादा, हस्तकलाका विभिन्न डिजाइनका मूर्तीहरु समेत राखिएको छ । जापानमा दिनानुदिन नेपालीहरुको संख्या बढीरहेका बेला खोलिएको यो स्थानमा नेपालीहरुलाई आवश्यक सम्पुर्ण पहिरनका सामग्रीहरु उपलब्ध रहेको सञ्चालकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?