फुकुसिमामा आणविक प्रदुषण रोक्न बरफको पर्खाल बन्दै

टोकियो । फुकुसिमास्थित दाइची आणविक उर्जा केन्द्रमा भएको दुर्घटना पश्चात् निस्किएको दुषित पानीकोवहाव रोक्नका लागि बरफको पर्खाल निर्माण थालिएको छ ।
जापानको रक्षा मन्त्रालयका अनुसार करिब ३५ बिलियन जापानी येनको लागतमा उक्त पर्खाल निर्माण हुने छ ।

दाइची आणविक उर्जा केन्द्रका बैज्ञानीकहरु र चिस्यान विज्ञहरुको पहलमा यस्तो पर्खाल निर्माण थालिएको हो ।

जापान टुडेका अनुसार टोकियो इलेक्ट्रिक पावर कम्पनीले जापानको उत्तरपूर्वी तट तर्फका चारवटा क्षेत्रलाई घेरावन्दीमा पार्नेगरि एक दशमलव ५ किलोमिटर लामो पर्खालको पीधमा पानी जमाउने विशेष किसिमको पदार्थ हाल्न थालेका छन् र यसको उचाई ७ मिटर आग्लो बनाइने छ ।

यसरी दुषित पानी रोकीएपछि प्रशान्त महासागरतर्फ खसाल्ने तयारी थालीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?